पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । मेयर जिसीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि आज बिहान ४ बजे पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो । तर, उनको स्वास्थ्य समस्या जटिल भएको भन्दै अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो ।उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्धृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन्। अहिले थप उपचारको लागि काठमाड

सम्बन्धित सामग्री

पोखरा महानगरका मेयर जिसीलाई हृदयघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।  हृदय घातपछि मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकको भनाइ उद्धृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले बताए ।  गएराति हृदयघात भएपछि उनलाई मेडिप्लस अस्पताल लगिएको थियो । त्यसपछि पोखराकै मणिपाल अस्पताल लगिएकोमा अहिले थप उपचारार्थ हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पताल लैजाने तयारी छ ।