नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे र प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । सोमबार बिहान भद्रकालीस्थित जङ्गी अड्डामा दुई देशका सैनिक प्रमुखबीच भेटवार्ता भएको हो । प्रधानसेनापति शर्मालाई भेट्नुअघि सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको हो । सो अवसरमा उहाँले जङ्गी अड्डा मूल भवन …