काठमाडौं : नोभाक जोकोभिचले करिअरको १९ औ ग्रान्डसलाम जितेका छन्।सर्वियन विश्व नम्बर एक जोकोभिचले ग्रिसका २२ वर्षीय स्टेफानोस सितसिपासलाई कठिन संघर्षमा पछि पार्न सफल रहे। उनले ६-७ (६-८),२-६, ६-३, ६-२, ६-४ ले पराजित गरे। यी दुईबीच उपाधि भिडन्त ४ घन्टा बढी चलेको थियो।जितसँगै ३४ वर्षीय जोकोभिचले टेनिस इतिहासमा सबै चार ग्रान्डसलाम २-२ पटक जित्ने तेस्रो खेलाडीको कीर्तिमान बनाए। यसअघि यो उपलब्धि रोय इमरसन र राड लेवरले हासिल गरेका थिए।जोकोभिचको यसअघि २०१६ मा पहिलो पटक फ्रेन्च ओपन जितेका थिए। स