सिमकोट – विपन्न वर्गका नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ। चिसोबाट बचाउनका लागि आर्थिक श्रोत न्यून भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सो सहयोग प्रदान गरिएको हो। सिमकोट गाउँपालिका– ८ का वडा अध्यक्ष कमल बुढाका अनुसार वडाका पाँच जना आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरिएको छ। […]