समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित यस वर्षको गजल प्रतिभा पुरस्कार–२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । १५७औँ मोती जयन्तीका अवसरमा आगामी भदौ ११ गते सो पुरस्कार प्रदान गरिने गजल सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए ।सन्ध्याका पूर्वअध्यक्ष दीपक समीप, रुपिन्द्र प्रभावी, कपिल शर्मा, वसन्त विनोद र त्रुपक सदस्य रहेको प्रतिभा छनोट समितिले गजलकार गौडेललाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गजल सन्ध्याले जनाएको छ । स्याङ्ज