बागमती प्रदेशमा १७ हजार सक्रिय संक्रमित, बुधबार १८ सय बढी थपिए

हेटौंडा : बागमती प्रदेशमा थप एक हजार ८ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८३ जनाको नमुना परीक्षण गरिएकोमा एक हजार ८ सय ८३ जनामा संक्रमण देखिएको हो।प्रदेशका १३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै काठमाडौंमा ९ सय ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा दुई सय  ६, भक्तपुरमा एकसय  ६५, मकवानपुरमा एकसय २ र चितवनमा ९२ जनामा कोरोना पुष्टि  भएको छ।नुवाकोटमा ५३ जनामा, काभ्रेमा ४२ जनामा, धादिङ र सिन्धुलीमा १९/१९ जना

सम्बन्धित सामग्री

सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा

काठमाडौं। देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बागमतीमा १७ हजार ८५४, गण्डकीमा सात हजार १९८, प्रदेश १ मा छ हजार ५४५, लुम्बिनीमा तीन हजार १३५, प्रदेश २ मा एक हजार ६२६, कर्णालीमा एक हजार ४२५ र सुदुरपश्चिममा एक हजार २३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ।