प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोग ल्याउँदैमा अमेरिकी सेना नेपाल आउने भनेर कम्युनिस्टहरूले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गर्न आफू तयार रहेको बताए ।
मंगलवार बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले प्रतिनिधि सभाको भोलि बुधवार शुरू हुने अधिवेशनमा एमसीसी टेबल गर्ने सरकारको तयारी रहेको बताए । यसबारे संसदमा पर्याप्त छलफल हुने र पारित गर्नुपर्ने उनले बताए ।
‘एमसीसी आर्...