किएभ, २९ असोज । अमेरिकी एयरोस्पेस कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक सेवाको गति सीमित गरेपछि त्यहाँका सैन्य ड्रोन अभियान तथा हवाई रक्षा गतिविधिमा केही अवरोध उत्पन्न भएको युक्रेनी पक्षले जनाएको छ। युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभले बुधबार टेलिग्राममार्फत स्पेसएक्सले युक्रेनमा प्रयोग भइरहेका स्टारलिंक टर्मिनलहरूको गति सीमित गरेको जानकारी दिएका छन् । उनका अनुसार उक्त निर्णयबारे […]
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका फरार प्रतिवादी बाबु थापा सर्लाहीबाट पक्राउ परेका छन् ।
अचानक पेट दुख्ने समस्या देखिएपछि महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेकी काफ्लेको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस पुष्टि भएको थियो। एपेन्डिसाइटिस देखिएलगत्तै चिकित्सकहरूले उनको शल्यक्रिया गरेका हुन्।
२९ असोज, गोरखा । बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार भएको छ । आइतबारदेखि बिहीबारसम्म एक हजार ४४ जनाको उद्धार भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
यसमध्ये ७० …
डा. आलम नेपाली कांग्रेसका दिवंगत नेता शेख इद्रिसका नाति तथा दिवंगत मोहम्मद आफताबका छोरा हुन्। उनले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) अध्ययन पूरा गरेका छन्। उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकका रूपमा समेत काम गरेका थिए।