रेसुङ्गा (गुल्मी), २१ कात्तिक । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामका मुक्तिराम न्यौपाने अहिले ७६ वर्ष पुगे । उनी दिगामको बोखरमा आएर नेताले गर्ने प्रत्येक भाषणको साक्षी छन् । विसं २०४८ देखि प्रत्येक उम्मेदवारको भाषण सुनेका उनी यसपटक पनि बोखरमा भाषण सुन्न गए । उनले कुनै नयाँ कुरा सुनेनन् , नेताहरूको उही पुरानै भाषणले वाक्क लाग्यो । […]