इलाम आमन्त्रण खुला पुरुष भलिबल : सेमीफाइनल समीकरण पूरा

इलाम : इलाममा जारी दोश्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ।समूह चरणको अन्तिम दिनको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएको हो। शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता त्रिभुवन आर्मी र समूह बी को उप विजेता नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने छ।दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ए को उप विजेता विमान ट्रेडर्स विर्तामोड बीच प्रतिस्पर्धा हुने छ। आजको खेलमा पराजित भएपछि डिफेन्डिङ च्याम्पियन गण्डकी समुह चरणबाटै बाहिरिएको छ।इलामको

सम्बन्धित सामग्री

एपिएफलाई भलिबल उपाधि

मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ । मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो । एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । […] The post एपिएफलाई भलिबल उपाधि first appeared on Hamro Khelkud.

अहिलेको गठबन्धन लामो समय टिक्दैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गरेका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा आज आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।पौडेलले भने– “भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन । अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो ग

अहिलेको गठबन्धन लामो समय टिक्दैन : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गर्नुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा आज आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “भागवण्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न […]

कैलालीमा राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने

कैलाली- सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहले राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। भलिवल  प्रतियोगिताको संयोजन टीकापुर नगर खेलकुद विकास समितिले गरेको छ ।  राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता चैत १४ गतेबाट टीकापुरमा सुरु हुँदै छ ।   लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता […]

इलाम आमन्त्रण खुला पुरुष भलिबल : उपाधिका लागि आर्मी र विमान भिड्दै

इलाम : इलाममा जारी दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबलको उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लब र विमान ट्रेडर्स बिर्तामोड झापा भिड्दै छन्। खेल आज सदरमुकामस्थित ठूलो टुँडिखेलमा हुँदैछ।शनिबारको सेमीफाइनल खेलमा दुवै टोलीले जित निकाल्दै उपाधि भिडन्त पक्का गरेका हुन्। विभागीय डर्बी रहेको पहिलो सेमीफाइनलमा आर्मीले पुलिसलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो।नियमित कप्तान ईम रानामगर र द्वारिका थापा नहुँदा पुलिस कमजोर देखिएको थियो। दोस्रो सेमीफाइनलमा भारतीय खेलाडी सम्मिलित

इलाम आमन्त्रण पुरुष भलिबल : विमान ट्रेडर्सको पहिलो जित

इलाम : इलाममा आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताअन्तर्गत दोश्रो दिनको खेलमा विमान ट्रेडर्सले पहिलो जित हात पारेको छ।दोस्रो दिन तेस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश गत वर्षको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको हो। ठूलो टुँडिखेल मैदानमा बिहीबार भएको खेलमा भारतीय राष्टिय टोलीका तीन खेलाडी सम्मिलित विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गरेको छ।आज नै भएको खेलमा विभाग

इलाम पुरुष भलिबल : आर्मी, एपिएफ र गण्डकीको विजयी सुरुवात

इलाम : इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिता पहिलो दिन बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन्।जिल्ला भलिबल संघको आयोजनामा इलामको ठूलो टुँडिखेलमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीले तीन जना भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मी

दाङमा १ लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता हुने

दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन’ भन्ने मूल मान्यता र उद्देश्य अनुसार भलिवल खेलको विकाससँगै नयाँ प्रतिभाहरूको विकास गर्ने उद्देश्यले नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भलिबल प्रतियोगिता हुन थालेको हो ।आयोजक नेपाल गणतान्त्रिक खेलकुद महासंघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका […]

टाइगर कप भलिबल प्रतियोगिताः विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशलाई उपाधि

पोखरा । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । शनिवार पोखरा रङ्गशालामा भएको पुरुषतर्फको खेलमा नेपाली भलिबलको इतिहासमा विभागीय वर्चश्वलाई तोड्दै गण्डकी प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको हो ।ग्ण्डकीले त्रिभुवन आर्मी क्लबको चुनौतिलाई ३–२ सेटले पन्छाउँदै उपाधि आफनो पोल्टोमा पारेको थियो । एकसाता मात्रै बन्द प्रशिक्षण गरेर कोर्टमा उत्रिएको गण्डकीले घरेलु कोर्टमा आर्मीको चुनौतिलाई निर्णायक सेटमा आएर पन्छाए