निर्वाचन सम्पन्न भएसँगै बागमती प्रदेशमा सरकार निर्माणको जोडघटाउ सुरु भएको छ । सरकार निर्माणको लागि दलहरु जोडघटाउमा व्यस्त हुँदै गर्दा प्रदेशसभाको सबैभन्दा ठूलो पार्टी कांग्रेसलाई भने आन्तरिक व्यवस्थापननै चुनौती हुने देखिएको छ ।पार्टीभित्र दुई खेमा रहेको कांग्रेसमा संस्थापन समूहभित्रै दुई टीम देखिएको छ । दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचनमा पार्टी जुट्दै गरेको अवस्थामा कांग्रेस संस्थापन पक्ष विभाजित बनेको हो । दलको नेता बन्ने होडमा मकवानपुरबाट निर्वाचित इन्द्र