रघुगंगा गाउँपालिकामा चार जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । धौलागिरि हिमालको फेदीमा मुहान रहेकोे रघुगंगा नदीमा अहिले चार जलविद्युत आयोजनाले पूर्वाधार निर्माण गरिहेका छन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले रघुगंगा–३, ४ र ५ मा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने वडा नम्बर ८ छरीमा संयुक्त ऊर्जा प्रालिले […]