महाभियोगपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको दाबी गर्दै न्याय दिन आग्रह गरेका छन् । बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका राणाले विधि–पद्धतिबाट काम गरिरहेकाे आफूलाई मिडिया र राजनीति दलले पूर्वाग्रह राखेको उल्लेख गरे ।उनले संसद्ले आफूविरूद्ध लगाएको महाभियोग निष्क्रिय भएको बताउँदै संसद्ले बोलाएपछि सम्मानका लागि बैठकमा आएको बताए । उनले आफूले विधि पद्धति अनुसार काम गर्दा मिडिया र राजनीतिक दलले आफू अनुकूल हुन दबाब