बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बनमा परेको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँको सांसद पद निलम्बनमा परेको जानकारी गराउनुभएको हो ।
बलात्कारसम्बन्धी अभियोगमा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानमा रहेका सांसद बानियाँको पद निलम्बित भएको सभामुख सापकोटाले जानकारी गराउनुभएको हो ।