कर्णाली प्रदेशमा तीन दिनदेखि संसद चल्न सकेको छैन । प्रतिपक्षसँगको ७ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले बे–वास्ता गरेको भन्दै आइतबारदेखि अवरुद्ध संसद मंगलबार पनि चल्न सकेन । संसदको अवरोध हटाउनका लागि मंगलबार सर्वदलीय बैठक बस्ने भनिए पनि संसदीय दलका नेताहरु सबै उपस्थित नभएपछि बस्न नसकेको सरकारका प्रवक्ता विन्दमान विष्टले रातोपाटीलाई जानकारी दिए । उनले भने,‘बजेटको सन्दर्भमा प्रतिपक्षले आफ्ना माग राखेको छ । त्यही विषयलाई लिएर संसद चल्न नसकेको हो । सर्वदलीय बैठकले समस्याको समाध