कानुन, न्याय तथा मानवअधिकार समिति सभापति पोखरेल एमाले सांसद हुन् । यसकारण, एमालेले रोक्ने गरी भूमिका खेले टीआरसी विधेयक समितिमै रुमल्लिनेछ । अन्यथा, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुर्याउन सरकार र सत्तारुढ गठबन्धनलाई रोक्न सक्ने जनमत संघीय संसदमा देखिन्न ।