२० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज  २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको...

सम्बन्धित सामग्री

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

२५ असार, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको छ । २६ असार मंगलबार राष्ट्र बैंकले रिभर्स रिपो मार्फत १४ दिनको लागि २० अर्ब तरलता खिच्ने भएको हो । प्रणालीमा तरलता अधिक भएर अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको […]

२० अर्ब तरलता सुविधा प्रदान गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो । पुस ७ गते जारी हुने रिपो आगामी पुस २१ गते परिपक्क हुनेछ । इच्छुक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरूले बिहीबार दिउँसो २ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् ।आवेदकले न्यूनतम् १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।

रिपो मार्फत २० अर्ब बैंकिङ प्रणालीमा तरलता पठाउँदै राष्ट्र बैंक

१४ मंसिर, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता व्यवस्थान गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब तरलता पठाउने भएको छ । १५ मंसिर बिहीबार रिपो मार्फत १४ दिनका लागि २० अर्ब तरलता पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रिपोका लागि बैंक तथा वित्तीय संस्थाले बोलपत्र पेश गर्न गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । नेपाल […]

२० अर्ब तरलता सुविधा प्रदान गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । बैंकले बिहीबार अर्थात् भदौ २३ गते रिपो मार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले सो बारे जानकारी दिएको छ । १४ दिनका लागि जारी हुने रिपो आगामी असोज ६ गते परिपक्‍व हुनेछ ।  इच्छुक क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रक्रिया पु¥याएर रिपोका लागि आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको लागि आवेदन दिन सक्नेछन्

२० अर्ब रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दैछ । बैंकले सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त रकम सापटी दिन लागेको हो ।  बिहीबार अर्थात् मंसिर ९ गते दिउँसो २ बजे जारी हुने उक्त रिपो आगामी मंसिर २३ गते परिपक्व हुनेछ । उक्त रिपोका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन राष्ट्र बैंकको वेबसाइटमा नै उपलब्

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले आगामी मंसिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले […] The post २० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

२० अर्ब रुपैयाँ सापटी दिँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बजारको तरलता अभावको समस्या सम्बोधनका लागि भोलि कार्तिक २५ गतेदेखि १४ दिनका लागि सर्ट टाइम लोन जारी गर्न लागेको हो । कात्तिक २५ गते जारी हुने यस रिपो आगामी मंसिर ९ गते परिपक्‍व हुनेछ । इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले रित पुर्याएर अनलाइनमार्फत नै रिपोका लागि आवेदन दिन सक्नेछन् । तर, सबैभन्दा बढी ब्याजदर अफर गर्नेबाट क्रमशः रिपो प्रदान गरिनेछ । केन

२० अर्ब बराबरको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

असोज २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गर्न लागेको हो ।            बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिएकाले केन्द्रीय बैंकले १४ दिनको रिपो जारी गर्न लागेको बताएको छ ।            वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले कात्तिक ३ गते परिपक्व हुने रिपो बुधवार बोलकबोलमार्फत खरीद गर्न सक्नेछन् । यसअघि बैंकले गत असोज १३ गते ३० अर्ब रुपैयाँ रिपोमार्फत बजारमा पठाएको थियो । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन् । रासस

थप २० अर्ब रुपैयाँ रिपोमार्फत बजार पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बुधबार थप २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । पछिल्लो समय बजारमा तरलता (लगानी योग्य रकम) को अभाव देखिरहेका बेला थप समस्या पर्न नदिन बैंकले रिपो मार्फत छोटो अवधिका लागि बैंकहरुलाई सापटि दिन लागेको हो । सर्ट ट्रम लोनको रुपमा १४ दिनका लागि थप २० करोड रुपैयाँ बजार पठाउन लागिएको बैंकले जनाएको छ । उक्त रिपो बुधबार दिउँसो ३ बजे खुल्ला हुनेछ । त्यसो त केहीदिन अघिमात्रै बैंकले तरलता व्यवस्थापनकै लागि भन्दै ३० अर्ब रुपैयाँ बजार पठाएको थियो । हाल बैंकिङ क्षेत्रमा

तीस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले रु ३० अर्ब बराबरको रिपो जारी गर्ने भएको छ । बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकले आज सात दिन अवधिको रिपो जारी गर्न लागेको हो ।  बैंकिङ प्रणालीमा तरलताको समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्छ । वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले यही असोज १४ गते परिपक्व हुने रिपो बोल कबोलमार्फत खरिद गर्न सक्नेछन् ।यसअघि नेरा बैंकले गत भदौ १७ गते सात दिन अवधिको रु २० अर्ब, २४ गते १४ दिनको रु ३० अर्ब र भदौ ३१ गते रु २० अर्ब रिपोम