सुख्खायाममा बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा : मन्त्री बस्नेत

१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खायाममा हुने बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालमा वर्षायाममा भन्दा सुख्खायाममा चारगुणा कम ऊर्जा उत्पादन हुने र खपत चाहिँ बराबर हुने भन्दै उनले यसको उपयुक्त विकल्प सौर्य ऊर्जा नै भएको बताएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य […]

सम्बन्धित सामग्री

सोल्टी होटलमा ५०६ किलोवाट क्षमताको सौर्य ऊर्जा प्रणाली

काठमाडौं। सोल्टी होटल लिमिटेडको ‘दी सोल्टी काठमाडौं’ र ‘घाम पावर नेपाल’को सहकार्यमा सोल्टी होटलका भवनका छत तथा पार्किङ क्षेत्रमा ५०६ किलोवाट पिक क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । सौर्य ऊर्जा प्रणालीको ऊर्जा उपभोग तथा प्रयोगबाट होटलले साविक रूपमा यसअघि खपत गर्ने गरेको १९६ किलोलिटर डिजेल पूर्णत: विस्थापित भएको बताइएको छ ।  साथै, सौर्य ऊर्जा परियोजनाको सफल कार्यान्वयन भएसँगै होटलले आगामी १५ वर्षमा ९९५ टन कार्बन उत्सर्जन न्यूनीकरण गर्ने अनुमान गरिएको छ । यसबाट होटलको साविकको बिजुली लागत घटेर सञ्चालन खर्चमा समेत उल्लेख्य बचत हुने अनुमान गरिएको छ । ‘मेकिङ ग्रिनर सिटीज टुगेदर’ नाम दिइएको यो आयोजनाले व्यावसायिक क्षेत्रमा सौर्य ऊर्जाको उत्पादन तथा उपभोगलाई प्रवर्द्धन गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

कास्की : पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुुलीको पहुँचबाहिर रहेको देखाएको थियो। तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत असोजमा सौर्य ऊर्जा जडान गरिएको प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले जनाएको छ। उक्त तथ्याङ्कलाई आधार मान्दा अब गण्डकी प्रदेशका दुई हजार चार सय ९३ घरधुरीमा मात्र बिजुली नपुगेको देखिन्छ। मन्त्रालयको ऊर्जा शाखा प्रमुख इन्जिनियर जीवन श्रेष्ठका अनुसार बिजुली नपुगेका घरधुरी पहिचान गरी प्रदेशको

विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा

मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।

विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा

मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।

नेपाल सौर्य ऊर्जा उत्पादनको ‘हब’ बन्न सक्छ [अन्तर्वार्ता]

नवीकरणीय ऊर्जामा अहिले जलविद्युत्पछिको भरपर्दो स्रोत सौर्य ऊर्जा मानिन्छ । हरितगृह ग्यास उत्सर्जन घटाउने विश्वव्यापी अभियानमा जलविद्युत्सँगै सौर्य ऊर्जाको विकास एवं प्रवर्द्धनको खाँचो बढ्दै गएको छ । नेपालमा पनि यस क्षेत्रमा काम अघि बढेका छन् । प्रस्तुत छ, नेपालमा सौर्य ऊर्जाको आवश्यकता, यस क्षेत्रमा भएका काम, सम्भावना, महत्त्व लगायत विषयमा आर्थिक अभियानका प्रशान्त खड्काले रिडी पावर कम्पनी लिमिटेडका कार्यकारी निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का सदस्य कुबेरमणि नेपालसँग गरेको कुराकानीको सार : खासमा सौर्य ऊर्जा के हो ? सामान्यतया सूर्यको प्रकाशबाट पाइने ऊर्जा नै सौर्य ऊर्जा हो । सोलार प्यानलबाट उत्पादन हुने बिजुली बत्ती बाल्ने, खाना पकाउने, पानी तताउने लगायत काममा प्रयोग गरिन्छ । जलविद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जालाई ब्याट्रीमार्फत बिजुलीमा रूपान्तरण गरिन्छ भने जलविद्युत् पुगेको ठाउँमा त्यसलाई सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडेर बिजुली परिणत गरिन्छ । नेपालको ९५ प्रतिशत घरपरिवारमा जलविद्युत् पुगिसकेको छ । यो अवस्थामा सौर्य ऊर्जा किन आवश्यक छ ? हामीसँग बिजुली नहुँदा घरको छानामा सोलार प्लानल राखेर ब्याट्री चार्ज गरी बिजुली बालिन्थ्यो । अहिले पनि बिजुली नपुगेका ठाउँमा सोलार प्यानलबाट ब्याट्री चार्ज गरी बत्ती बाल्न सकिने विकल्प छ । यसैगरी प्रसारण लाइनमा सौर्य ऊर्जा जोडेर विद्युत् क्षमता विस्तार गर्न सकिन्छ । बिजुली नपुगेका ठाउँमा सोलार लिफ्टिङ प्रणालीबाट पानी तान्न सकिन्छ । पहाडी क्षेत्रमा सोलार लिफ्टिङ खानेपानी आयोजना निकै प्रभावकारी मानिएका छन् । सौर्य ऊर्जाका अन्य थुप्रै फाइदा छन् । नेपालमा हाल सौर्य ऊर्जा उत्पादनको अवस्था कस्तो छ ? हाल ८१ दशमलव २६ मेगावाट क्षमताका १३ ओटा आयोजनाबाट उत्पादित सौर्य ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ भने ६ ओटा आयोजना निर्माणको चरणमा छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा १० लाख ३० हजार हेक्टर जमीन बाँझो छ । त्यसको १–२ प्रतिशत मात्र पनि उपयोग गर्ने हो भने सयौं मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । १ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गर्न डेढ बिघा जमीन चाहिन्छ । त्यसबाट वार्षिक १७ देखि २० लाख युनिट विद्युत् उत्पादन हुन्छ । राष्ट्रिय प्रसारण लाइनमा जोडिएका सौर्य आयोजनाबाट प्रतिमेगावाट वार्षिक रू. १ करोड २४ लाखदेखि १ करोड ५३ लाखसम्म आम्दानी हुन्छ । नेपालका छिमेकी मुलुकमा सौर्य ऊर्जा उत्पादनको परिदृश्य कस्तो छ ? अहिले चीनमा करीब ४ लाख मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा छन् । त्यहाँ सौर्य ऊर्जा पनि सोही परिमाणको हाराहारीमा उत्पादन भइरहेको छ । चीन सौर्य ऊर्जा उत्पादनमा विश्वमा पहिलो स्थानमा छ । त्यसैगरी भारतमा ४५ हजार मेगावाट जलविद्युत् र ६५ हजार मेगावाट सौर्य ऊर्जा उत्पादन भएको छ । यस्तै ३०–३५ मेगावाट बिजुली हावाबाट उत्पादन भइरहेको छ । पूर्वाधार तयार पार्ने हो भने काठमाडौंमै करीब १०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न सकिने सम्भावना छ । काठमाडौंका घरका छतमा सोलार प्यानल लगाएर पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ । त्यसरी उत्पादित बिजुली सम्बन्धित घरमा खपत गरी बढी भएमा सौर्य प्रणाली नभएका घरमा पुर्‍याउन सकियो । यसरी काठमाडौंको दिउँसोको आवश्यकता सौर्य ऊर्जाबाट पूर्ति गर्नुपर्छ । अहिले ‘ग्राउण्ड माउन्टेन्ड सोलार प्यानल’ प्रविधि आएको छ । सोही प्रविधिअनुसार बुटवलको तिलोत्तमामा २६ बिघा जमीनमा सोलार प्यानल लगाइएको छ । त्यसबाट साढे ८ मेगावाट बिजुली उत्पादन भइरहेको छ । त्यसरी वर्षमा १ करोड ४४ लाख युनिट बिजुली उत्पादन हुन्छ । यो बिजुली राष्ट्रिय प्रसारण लाइनबाट उपभोक्ताको घरसम्म पुग्छ । सौर्य ऊर्जाबाट उत्पादित बिजुली खपतका लागि के गर्न सकिन्छ ? हाम्रो देशमा ८३ हजार मेगावाट बिजुली उत्पादन क्षमता भनिन्छ । ‘डिजाइन डिस्चार्ज’ बढाउने हो भने करीब २ लाख मेगावाट जलविद्युत् उत्पादन गर्न सकिन्छ । अब त्यति नै परिमाणमा सौर्य ऊर्जा किन उत्पादन नगर्ने ? खपतको विषयमा नेपालीको प्रतिव्यक्ति विद्युत् खपत परिमाण निकै कम छ । यसलाई बढाउनुपर्छ । अहिले सबै करीब ९५ प्रतिशत घरधुरीमा बिजुली पुगिसकेको छ । तर आपूर्ति प्रणाली अझै सुदृढ भइसकेको छैन । लोडसेडिङ अन्त्य भए पनि विद्युत् आपूर्ति अनियमित हुने गरेको छ । स्तरीय वितरण तथा आपूर्ति नहुँदा खपत बढ्न सकेको छैन । प्रसारण लाइन लगायत अत्यावश्यक पूर्वाधारमा सुधार हुने हो भने घरायसी तथा औद्योगिक प्रयोजनमा समेत सहजै विद्युत् खपत बढाउन सकिन्छ । आन्तरिक माग धानेर बढी भएको बिजुली अहिले नै पनि भारतमा निर्यात गर्न थालिएको छ । १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने गरी नेपाल र भारतबीच भएका सहमति भर्खरै भारत सरकारले स्वीकृत गरेको छ । उक्त सहमति अनुसारको बिजुली भारत पठाउन उत्पादन बढाउनुको विकल्प छैन । यस्तोमा सौर्य ऊर्जाको समेत ठूलो भरथेग हुन सक्छ । त्यसैले मध्यकालीन र दीर्घकालीन रूपमा हेर्दा बिजुली खेर जाला कि भन्ने चिन्ता नै गर्नुपर्दैन । भारत मात्र नभई बंगलादेशमा पनि बिजुली बेच्ने विषय अघि बढिसकेको छ । बरु हामीले उनीहरूको मागअनुसार विद्युत् पुर्‍याउन चुनौती हुन सक्छ । त्यो हाम्रा लागि अवसर पनि हो । उत्पादन बढाएर प्रसारणतर्फका पूर्वाधार निर्माण तथा क्षमता सुधार गरी बिजुली निर्यात बढाउन सकिन्छ । अहिले निर्माणको चरणमा प्रवेश गरेको एमसीसी परियोजना अन्तर्गत बन्ने अन्तरदेशीय प्रसारण लाइन तथा सबस्टेशन त्यसका लागि महत्त्वपूर्ण पूर्वाधार हुन् । समय लागे पनि दीर्घकालमा ती आयोजना नेपालको विद्युत् व्यापारका लागि अत्यावश्यक छन् । सौर्य ऊर्जा उत्पादनको सम्भावनाको हिसाबले नेपालको भूगोल तथा हावापानी कस्तो छ ? नेपालमा वर्गमिटरमा प्रतिदिन औसत ४ दशमलव ७ किलोवाट युनिट उत्पादन गर्ने क्षमता छ । तराईमा सोलार प्यानलबाट बिजुली उत्पादन गर्ने क्षमता कम छ । पहाडमा धेरै मात्रामा उत्पादन गर्न सकिन्छ । सौर्य ऊर्जा उत्पादनका लागि भौगोलिक अवस्था र हावापानीका हिसाबले नेपाल निकै अनुकूल मुलुक हो । त्यसकारण नेपाल सौर्य ऊर्जा उत्पादनको ‘हब’ बन्न सक्छ । सौर्य ऊर्जाका आयोजनाबाट बिजुली उत्पादन गर्न कति समय लाग्छ ? जलविद्युत् आयोजनाबाट १०० मेगावाट बिजुली निकाल्न सामान्यतया ४–५ वर्ष लाग्छ । तर त्यति नै परिमाणमा सौर्य ऊर्जा उत्पादन गर्न २ वर्ष मात्र लाग्छ । त्यसकारण जलविद्युत्को तुलनामा सौर्य ऊर्जा परियोजना निर्माण निकै छिटो हुन्छ ।

वैज्ञानिकको नयाँ चमत्कार ! अन्तरिक्षमा उत्पादित बिजुली पृथ्वीमा पठाइयो

पृथ्वीमा सूर्यको ताप तथा प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । त्यसलाई सौर्य ऊर्जा भनिन्छ । विश्वमा प्रयोग भैरहेको कुल बिजुलीको ३.६ प्रतिशत हिस्सा सौर्य ऊर्जाबाट उत्पादन भैरहेको छ । तर अब पृथ्वीमा मात्र होइन अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जाको बिजुलीसमेत पृथ्वीमा ल्याउन वैज्ञानिकहरू सफल भएका छन् । वैज्ञानिकहरुले पहिलो पटक एक किरण वा तरंगको माध्यमबाट सौर्य ऊर्जालाई […]

तिलाको पोखरीमा ३ करोडको सौर्य ऊर्जा

तिला गाउँपालिका–७ निवासी ५२ वर्षीय धर्मबहादुर रोकायाको पाँच दशक दियालो बालेरै बिते । उनको रातको सहारा भनेकै दाउराको झरो र टुकी नै हो । सल्लाको दियालो बालेर पाँच दशक काटेका रोकाया सौर्य ऊर्जाले गाउँ झिलीमिली भएपछि दंग छन् । गाउँमा बिजुली आउला, दियालो बाल्ने सास्तीबाट मुक्ति पाइएला भन्ने कल्पनासमेत नगरेका रोकाया आजभोलि चौबिसै घण्टा सौर्य […]

उडिसामा ५०० मेवा सौर्य ऊर्जा उत्पादन गर्न एनएचपीसी र जीईडीकोल बीच  सम्झौता

पुस २७, नयाँदिल्ली(भारत) । भारतको उडिसामा ५०० मेगावाट(मेवा) सौर्य ऊर्जा उत्पादन गर्न सम्झौता भएको छ ।  त्यहाँको सरकारी ऊर्जा उत्पादक कम्पनी नेशनल हाइड्रो इलेक्ट्रिक पावर कम्पनी (एनएचपीसी) ले उडिसाको ग्रिन इनर्जिक डेभलपमेन्ट कर्पोरेसन अफ उडिसा(जीईडीकोल) सँग ५०० मेवा ऊर्जा उत्पादन गर्न हालै सम्झौता गरेको हो। सौर्य ऊर्जाबाट विद्युत् निकाल्न लागिने ज्वाइन्ट भेन्चरमा पहिलो चरणमा ३०० मेवा बिजुली उत्पादनका लागि २० अर्ब  भारु खर्च हुने इकोनोमिक टाइम्सले  आफ्नो वेब संस्करणमा समाचार छापेको छ।  उडिसा सरसकारका ऊर्जा राज्यमन्त्री दिव्यशंकर मिश्रको उपस्थितिमा एनएचपिसीका सीएमडी एके सिंह र उडिसाको उत्पादक कम्पनीका तर्फबाट अध्यक्ष विष्णुपद सेठीले हस्ताक्षर गरेको भारतीय ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले  समाचार छापेको छ। उनीहरु  बीच  सन् २०२० को जुलाई २० मा ऊर्जा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। अब दुवै कम्पनीका तर्फबाट ज्वाइन्ट भेन्चर कम्पनी स्थापना हुनेछ र त्यसले त्यहाँको सरकारको निर्देशन अनुसार काम अघि बढाउने छ। कम्पनीमा केन्द्र सरकार मातहतको कम्पनीको दुईतिहाई लगानी हुनेछ भने एक तिहाई उडिसाको कम्पनीको हुने छ।  कम्पनीमा एनएचपिसीतर्फ तीनजना निर्देशक तथा एकजना प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुने छन् भने उडिसाको कम्पनीले एकजना निर्देशक तथा मातहतका अन्य महत्वपूर्ण पद पाउने सम्झौतामा उल्लेख छ। भारतले उडिसामा नवीकरणीय ऊर्जाका क्षेत्रमा गर्न लागिएको यो ठूलो लगानी भएको बताएको छ । एजेन्सी

सौर्य ऊर्जा उत्पादन गर्दै गुठीचौर

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाले सौर्य ऊर्जाबाट विद्युतीकरण गर्ने भएको छ । वडा नं २ स्थित मुरुली गाउँमा सौर्य ऊर्जा उत्पादन गर्न थालिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए । ‘वडाभित्र रहेका झण्डै दुई सय घरधुरीलाई बिजुलीको पहुँचमा ल्याउन सौर्य ऊर्जा उत्पादन गर्न थालिएको हो,’ उनले भने ।     अन्धकारमा बस्न बाध्य यहाँका स्थानीयवासीलै सौर्य ऊर्जाको बत्ती पाउने भएका छन् । यससँगै सल्लाको दियालो बालेर उज्यालो गर्ने युगको अन्त्य हुनेछ । कुनै पनि घर बिजुलीविहीन हुने छैनन् । सबै घरधुरीमा बिजुली पु¥याउन स्थानीय सरकार लागिपरेको छ । गाउँगाउँमा सडक, घरघरमा बिजुली, एक घर एक धाराको अवधारणा साकार पार्न लागिएकोे अध्यक्ष भण्डारीले बताए । सौर्य ऊर्जाका लागि तीन करोड ५६ लाख विनियोजन गरिएको र यसबाट ५० वाटको बिजुली बत्ती बालिनेछ । गाउँपालिकाका कुनै पनि बस्ती बिजुलीविहीन नहुने प्रमुख प्रशासकीय अधिकृत देवकोटाले बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना पूरा हुने भएको छ । बिजुली नहुँदा विद्यार्थी र ज्येष्ठ नागरिकलाई सास्ती हुने गरेको थियो ।

सम्भव छ नेपाली बिजुली बिक्री

भारत सरकारले हालै नवीकरणीय ऊर्जा खरिद दायित्व (आरपीओ) जारी गर्दै आगामी आठ वर्षभित्र जलविद्युत्मार्फत् नै ३० हजार मेगावाट उत्पादन थप गर्ने घोषणा गरेको छ ।५० प्रतिशतभन्दा बढी कालो ऊर्जाको रुपमा चिनिने कोइलामा निर्भर र पछिल्लो समय यसको विकल्पको रुपमा सौर्य ऊर्जा (सोलार) मा केन्द्रित गरेको भारतले जलविद्युत्लाई प्राथमिकता दिएर जलविद्युत् उत्पादन बढाउँदै लैजाने योजना बनाएको […]