कोरोनाको खोप कार्ड हरायो, के गर्ने ?

२७ पुस, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक ठाउँमा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसँगै अब कार्ड खोज्नुपर्ने अवस्था आएको छ । झण्डै एक वर्षअघि नै खोप लगाइसकेका र विदेश आउजाउ गरिरहनु नपर्नेहरुको लागि नेपालमा यसअघि खोप कार्ड देखाइरहनु पर्ने आवश्यकता थिएन । जसले गर्दा धेरैको खोप कार्ड हराउने वा नासिने […]

सम्बन्धित सामग्री

प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड खुल्यो

गत माघ ७ गतेदेखि बन्द भएको म्याग्दीको प्राकृतिक चिकित्सालय तातोपानी कुण्ड आजदेखि खुला गरिएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्दै आजदेखि नियमित खुला गर्न दिने निर्णय भएको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले जनाएको छ । बेनी नगरपालिका–४ मा रहेको सो कुण्डमा स्वास्थ्य मापदण्ड पूरा गरेका र कोरोनाको खोप कार्ड भएका, ज्वरो, रुघाखोकी नभएकाले कुण्डमा स्नान गर्ने पाउने कुण्ड व्यवस्थापन समितिले जनाएको छ । कुण्डमा  नेपालका विभिन्न जिल्लाका साथै छिमेकी राष्ट्र भारतबाट समेत नियमित आ...

पोखरामा आजदेखि कोरोनाको खोप कार्ड अनिवार्य

पोखरा । कास्कीमा आजदेखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरी खोप कार्ड अनिवार्य गरेको हो । गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको २६ गतेको बैठकले जिल्लाभरी खोप कार्ड अनिवार्य गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आर्चायले जानकारी दिनुभयो । आदेशले सार्वजनिक […]

अब फिल्म हेर्न पनि कोरोनाको खोप कार्ड चाहिने

अब फिल्म हेर्नका लागि पनि कोरोनाको खोप कार्ड चाहिने भएको छ । आइतबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरेसँगै फिल्म हेर्न पनि कोरोना खोप कार्ड चाहिने भएको हो ।नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले फिल्म हेर्न आउने दर्शकले अनिबार्य  कोरोनाको खोप कार्ड देखाउनुपर्ने बताए । ‘कोभिड १९ व्यवस्थापन समितिको बैठकले गरेको निर्णय फिल्म हलमा पनि लागु हुनेछ,’ शर्माले भने ‘त्यो सबैको सुरक्षाका लाग

माघ ७ देखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य

आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ  । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ । यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।