हुम्ला आउँदै भारतीय ‘सद्गुरु’

काठमाडौँ,२४ भदौ । हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलका रुपमा चिनिने कैलाश मानसरोवरको दर्शनका लागि भारतीय प्रख्यात योगगुरु ‘सद्गुरु’ आज हुम्ला आउँदै छन् । नेपाली भूमि हुम्लाको लिमि लाप्चाबाट कैलाश मानसरोवर दर्शनका लागि नेपाल पुगेका ‘सद्गुरु’ आज हेलिकोप्टर चार्टर गरेर सिमकोट आउन लागेको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। चीनको वुहान प्रान्तबाट २०२० मा […]

सम्बन्धित सामग्री

कैलाश मानसरोवर दूरदर्शनका लागि सद्‌गुरु हुम्लामा

कैलाश मानसरोवरको दूरदर्शनका लागि भारतीय सद्‌गुरु हुम्ला सदरमुकाम सिमकोट आइपुगेका छन् । हिन्दु र बौद्ध धर्मालम्बीको तीर्थस्थलका रुपमा रहेको कैलाश मानसरोवरको दर्शन गर्ने समय भएकोले हिमाल पारिको गाउँका रुपमा चिनियको नाम्खा गाउँपालिका-६ लिमीको लाप्चाबाट दूरदर्शन गर्नका लागि सद्गुरु ७० जनाको टिमसहित तेस्रो पटक मंगलबार हुम्ला आइपुगेको पर्यटन व्यवसायी विजय लामाले बताए ।

वसन्तपुरमा सद्गुरु, तस्बिरमा हेर्नहाेस्

भारतीय आध्यात्मिक गुरु सद्गुरुले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका छन्। जीवित देवी कुमारीको दर्शन गरेर उनले वसन्तपुर दरबार क्षेत्र अवलोकन गरेका हुन् ।यसअघि हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्त्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका थिए । कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका थिए । केही दिनअघि  नेपाल पर्यटन बोर्डसँगको छलफलमा सद्गुरुले नेपाल एसियाको स्वीज

मानसरोवर कैलाशको दर्शन गरी फर्किए सद्गुरु

हुम्ला – पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी सद्गुरु फिर्ता भएका छन्। दर्शनपछि लिमीको तुम्लिङ रहेका उनी बिहीबार बिहान हेलिकप्टरबाट सिमकोट फिर्ता भई नेपालगञ्जतर्फ लागेका हुन्। सिमकोट बिमानस्थलमा हेलिकोप्टरबाट पुगेपछि सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताए। उनले पैदल मार्गका लागि यात्रा गर्न सडक पूर्वाधारको विकास […]

कैलाश मानसरोवर दर्शनका लागि हुम्ला पुगे सद्गुरु

चर्चित धार्मिक सद्गुरु (जग्गी वासुदेव) नेपाल आएका छन् । हिन्दु र बौद्ध धर्मालम्वीहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश मानसरोवरको दूर दर्शनका लागि सद्गुरु हुम्ला पुगेका हुन्।कोरोनाका कारण चिनियाँ पक्षले हिल्सा नाका बन्द गरेपछि पहिलो पटक सद्गुरुसहित ५० जनाको भारतीय धार्मिक पर्यटकको टोली हुम्ला पुगेका हुन् । उनी बिहीबार बिहान तारा एयरको विमानमार्फत हुम्लाको सिमकोट विमानस्थल पुगेका छन् । सद्गुरुको टोलीले पैदल मार्गबाट लाप्चा पुगेर मानसरोवरको दर्शनका साथै पूजा पाठ गर्नेछ ।

नेपाली भूमिबाटै कैलाशको दर्शन

पूर्वकार्यतालिकाभन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु जगदीश बासुदेव बुधबार हुम्लामा आइपुग्नुभएको छ । नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न उहाँ हुम्ला आइपुग्नुभएको हो । पर्यटन व्यवसायी विजय लामाका अनुसार खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा सद्गुरु एक दिन ढिलो हुम्ला आउनुभएको बताउनुभयो । उहाँ बुधबार काठमाडौँबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाइजहाजमा आइपुग्नुभएको हो । उहाँसँग अरू दुई जना सहयोगी पनि आउनुभएको छ । सिमकोट विमानस्थलमा ओर्लिएपछि सद्गुरुले सिमकोटलाई निकै सुन्दर ठाउँ भएको बताउनुभयो । सद्गुरुलाई विमानस्थलबाट आवाससम्म लैजान मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उहाँ सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर पुग्नुभएको थियो । उहाँलगायत ४६ जना पर्यटक र ५५ जना पर्यटक व्यवसायी एक दिन सिमकोटमै बस्नेछ । बिहीबार बिहानबाट उहाँको टोली लाप्चातर्फको पैदल यात्राका लागि निस्कनेछ । पैदल मार्गबाट लाप्चा क्षेत्र पुग्न टोलीले ११ दिन लगाउने कार्यक्रम छ । सद्गुरुले प्रत्येक बास बस्ने स्थानमा दुई रात बिताउने बताइएको छ । टोली नाम्खा गाउँपालिका–१ को लेकधिङ्गामा बास बस्नेछ भने अर्को बास चार हजार आठ सय मिटर अग्लो स्थान सेलिबाङ तालमा बस्नेछ । यस्तै अर्को बास भने लिमीको ताक्चीमा बस्ने व्यवस्था गरिएको छ । दैनिक चार घण्टा मात्र पैदल यात्रा गर्ने पर्यटकको टोलीले यी बास बस्ने स्थानमा दुई रात बिताउनेछ ।

मानसरोवर कैलाशको दर्शनका लागि सद्गुरू हुम्लामा (फोटो फिचर)

निर्धारित समय भन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु हुम्लाको सदरमुकाम सिमकोट आई पुग्नुभएको छ । मानसरोवर कैलाशको दर्शन नेपाली भूमि लाप्चा क्षेत्रबाट पैदल मार्गबाट दर्शन गर्न उहाँ हुम्ला आई पुग्नु भएको हो । खराब मौसमको कारण हेलिकोप्टरले उडान भर्न नसक्दा एक दिन ढिलो गरी सद्गुरु हुम्ला आई पुग्नु भएको पर्यटन व्यवसायी विजय लामाले बताउनुभयो । उहाँ आजै काठमाडौँबाट नेपालगंज र नेपालगंजबाट पसमकोट हवाई जहाजमा आई पुग्नु भएको हो ।

कैलास दर्शनका लागि हुम्ला आउँदै भारतीय सद्गुरु

ऋर्जुन बोहरा, सिमकोट । हिन्दु,र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तिर्थस्थल कैलास मानसरोवरको दूर दर्शनका लागि सद्गुरु बुधबार हुम्ला आउने भएका छन । हुम्लाको नाम्खा गाउँपालिका वडानं ६को लिमीको लाप्चाबाटै कैलास दर्शनको लागि २ दिनको अवधिमा १ सय ७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । नेपाली […]