पत्रकार तथा सञ्चारमाध्यमबाट हुने आचारसंहिता उल्लंघनलाई गम्भीरताका आधारमा तीन तहमा वर्गीकरण गर्ने कानुनी व्यवस्था प्रस्ताव गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रायसुझावका लागि सार्वजनिक गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा गल्तीको प्रकृतिअनुसार फरक कारबाहीको व्यवस्था राखिएको हो। मन्त्रालयले मस्यौदामा रायसुझाव मागेको सूचना प्रकाशित गरेको छ। मस्यौदामा नाम, पद, मिति वा तथ्याङ्कमा गल्ती तथा सम्पादनका क्रममा […]
करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै गएको भारतको दक्षिणी तटस्थित करियाचल्ली टापुलाई जोगाउन कृत्रिम चट्टान, प्रत्यारोपित कोरल र समुद्री घाँसको सहारा लिइएको छ । समुद्री कटानको गति कम गर्दै टापु तथा मुख्य भूमिलाई बढ्दो समुद्री सतहबाट जोगाउने उद्देश्यले संरक्षण अभियान सञ्चालन गरिएको हो । दक्षिणी तमिलनाडु राज्यका २१ टापुको शृङ्खलामा रहेको […]
काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले लिएको अध्ययन बिदाको अवस्था र सम्भावित दुरुपयोगबारे छानबिन गर्न समिति गठन गरेको छ। विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको हो। वन विज्ञान संकायका […]
काठमाडौं। ऋण तिर्न बाँकी रहेको भन्दै टर्कीमा इरानी यात्रुवाहक विमानलाई उडान गर्नबाट रोकिएको छ। बीबीसी पर्सियनले इरानी समाचार संस्था तस्निमलाई उद्धृत गर्दै उक्त विमान इरानको निजी वायुसेवा कम्पनी क्यास्पियन एयरलाइन्सको रहेको जनाएको छ। अदालतको आदेशपछि इस्तानबुल विमानस्थलमा विमान रोकिएको हो। बोइङ ७३७–५०० मोडलको उक्त विमान इस्तानबुलबाट इरानको राजधानी तेहरानका लागि उडान भर्ने तयारीमा थियो। तर […]
काठमाडौँ । नेपाली कांग्रेसमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायबाट युवा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्। दक्षिण एसियामै पहिलो पटक समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डे नवलपुर–१ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका हुन्। समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेर इतिहास रचेका २८ वर्षीय पाण्डे नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपुर–१ मा मंगलबार […]