कार उत्पादक कम्पनीमाथिको कर वृद्धिमा नरमपन ल्याउने अमेरिकी निर्णयलाई मेक्सिकोले स्वागत गरेको छ । यो व्यापार युद्ध रोक्ने प्रयासमा एक सकारात्मक कदम हुनसक्ने मेक्सिकोले जनाएको छ । “यो प्रगति हो,” ट्रम्पको आयात शुल्कको बिषयमा बढी चर्चामा आएकी मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले आफ्नो बिहानको पत्रकार सम्मेलनमा भनिन् । “नयाँ नियमले मेक्सिकोलाई संयुक्त राज्य अमेरिका र क्यानडासँगको […]