चितवन, २० असोज । बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० स्थित हाकिमचोकबाट प्रहरीले बिलबिजकबिना मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा दीपक प्रसाईंलाई नियन्त्रणमा लिएको हो । ४१ वर्षीय प्रसाईंले सञ्चालन गरेको दीपक मोबाइलबाट विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङ चार […]
दमौली (तनहुँ), २० असोज । यही असोज ९, १० र ११ गते वर्षासँगै आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका–४ करूवाटार मौतिघाट र नवलपुरको बौदीकाली गाउँपालिका–१ मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयको आवतजावत ठप्प भएको छ । अविरल वर्षा र बाढीका कारण पुलमा क्षति भएपछि करूवाटार, बटौलिटारलगायत क्षेत्रका स्थानीयलाई नदी वारपार गर्न समस्या भएको हो । […]
राज्यले कानुनले तोकेको दण्डभन्दा बढी बोझ कुनै कैदीमाथि थोपर्न पाउँछ कि पाउँदैन ? कानुनले स्वतः प्रदान गरेको अधिकारलाई सरकारको सुविधा भनेर व्याख्या गर्दै त्यसकै आधारमा अर्को कानुनी अवसरबाट वञ्चित गर्न मिल्छ ? सर्वोच्च अदालतको पछिल्लो फैसलाले यिनै गम्भीर प्रश्नमा स्पष्ट र महत्वपूर्ण सीमा कोरेको छ । एकभन्दा बढी मुद्दामा सजाय पाएको कैदीले कानुनबमोजिम अधिकतम अवधिको […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी भुक्तानीको सीमा बढाएको छ । बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी र बैंकिङ कारोबारमा सहजीकरण गर्न त्यस्तो सीमा बढाएको हो । संशोधित व्यवस्थाअनुसार आयातको अग्रिम भुक्तानी, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, स्याटेलाइट सेवा, पर्यटन सेवा र विदेशी मुद्रासम्बन्धी कार्ड कारोबारमा लागू […]