राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि निर्वाचन सोमबारदेखि सुरु भएको छ । मङ्सिर १५ देखि १७ गतेसम्म हुन गइरहेको महाधिवेशनका लागि देशैभरका तीन सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट दुई हजार नौ सय ७० प्रतिनिधि छनोटको हुने राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले बताउनुभयो ।