सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निःशुल्क आँखा शिविर, ६०० बढीले लिए स्वास्थ्य सेवा

काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरेको छ । बैंकले अत्तरिया तथा चुरे शाखाको र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निःशुल्क आँखा चेकजाँच शिविर गरिएको छ । एकदिने शिविरमा ४०० भन्दा बढीले निःशुल्क आँखा चेकजाँच गराएका […]

सम्बन्धित सामग्री

काठमाडौं महानगरद्वारा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन

काठमाडौं, २५ असोज। काठमाडौँ महानगरपालिकाले दुई दिने निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको छ। बिहीबारबाट महानगरपालिकाले नेपाल आँखा अस्पतालको सहकार्यमा विश्व दृष्टि दिवसको उपलक्ष्यमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको हो।काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि,कर्मचारी,महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १५ सयदेखि २ हजार जनाको आँखा परीक्षण हुने बताइएको छ।

रोहतोको आयोजनामा जावलाखेलमा नि:शुल्क आँखा शिविर

काठमाडौं । रोहतो मेन्थोलेटम नेपालले ललितपुरको जावलाखेलमा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । आफ्नो वातावरण, समाज र स्वास्थ्य(ईएसएच) कार्यक्रम अन्तर्गत आँखा शिविर सञ्चालन गरिएको रोहतो मेन्थोलेटमले जनाएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुमा आँखाको स्वास्थ्य प्रवर्द्धन गर्नका साथै आँखा हेरचाहका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको जनाइएको छ […]

वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा शिविर

वीरगन्ज । विश्व ज्येष्ठ नागरिक दूव्र्यवहार जागरूकता दिवसको अवसरमा वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको छ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको परिषर तथा आदर्शनगर चौकमा नै विश्व ज्येष्ठ नागरिक दूव्र्यवहार जागरूकता दिवसको अवसरमा निःशुल्क आँखा जाँच शिविर संचालन गरिएको हो । सो निःशुल्क आँखा जाँच स्वास्थ्य शिविरमा ७५ जना महिला र […] The post वीरगंजको आदर्शनगरमा निःशुल्क आँखा शिविर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इशान अस्पतालद्वारा  निःशुल्क आँखा शिविर संचालन

काठमाडौंको इशान बाल तथा महिला अस्पतालले निःशुल्क आँखा शिविर संचालन गरेको छ। अस्पतालको आँखा विभागले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

सनराइज बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौँ – सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत जनता मावि शुद्धोधन गाउँपालिका–७, रुपन्देहीमा सञ्चालन गरिएको थियो। उक्ते शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवासमेत लिएका थिए।  त्यसैगरी, सन्राइज बैंकको दुहबी […]

हिमाली जिल्ला मुगुमा निःशुल्क आँखा शिविर, १५४ जनाले पाए गुमेको ज्योति

काठमाडौं । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई ओटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र नेपाल नेत्रज्योति संघ एकिकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग र आईकेयर फाउन्डेसनको विशेष सहयोगमा उक्त शिविरहरू आयोजना गरिएको हो । उक्त दुई ओटा आँखा शिविरमार्फत १ हजार १ सय १८ जना बिरामीहरूको आँखा परिक्षण गरिएको छ भने १५४ जनाको निःशुल्क शल्यक्रियासमेत भएको छ । उक्त शिविरमार्फत हुम्ला जिल्लाका साथै छिमेकी जिल्ला जुम्ला र हुम्लाका नागरिकहरू समेत लाभान्वित भएका छन् । चैत १५ गतेदेखि १७ गतेसम्म मुगुको छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा ६४७ जना बिरामीहरूको निःशुल्क आँखा जाँच गरिएको थियो । उक्त शिविरमा आँखा जाँच गराएका बिरामीहरूमध्ये  मोतिबिन्दु देखिएकोमा ६५ जनाको निःशुल्क शल्यक्रियासमेत गरिएको नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । त्यस्तै मुगुकै खत्याड गाँउपालिकामा चैत २० गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा ४७१ जनाको आँखा जाँच गरी मोतिबिन्दु देखिएका ८७ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो भने २ जनाको माइनर सर्जरीसमेत गरिएको थियो । दुई ओटै शिविरमार्फत ४८४ जना बिरामीहरूलाई निःशुल्क चस्मासमेत वितरण गरिएको मल्लले जानकारी दिए । पहुँच र आर्थिक अभावमा कोही पनि नागरिकहरू दृष्टिविहिन बस्न नपरोस् भन्ने हेतुले संघले देशैभर निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको मल्लले बताए । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका नेत्रअधिकृत गोविन्दनाथ योगीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरूको टोलीले आँखा शिविर सञ्चालन गरेको हो ।   मोतिबिन्दु रोग नेपालमा रहेको दृष्टिविहिनताको सबैभन्दा प्रमुख कारण हो । जुनसुकै उमेरका मानिसमा पनि यो समस्या देखिन सक्छ । तर, अधिकांशमा उमेर बढ्दै गएपछि मोतिबिन्दु हुने सम्भावना पनि बढ्दै गएको पाइन्छ । मोतिबिन्दु भइसकेपछिको सबैभन्दा प्रभावकारी उपचार शल्यक्रिया नै हो । यो रोग औषधीले ठीक हुँदैन । शल्यक्रिया गर्न नपर्ने अवस्थामा चश्माको प्रयोगबाट पनि धरै हदसम्म सफा हेर्न मद्दत गर्छ । तर, पूर्ण सफा हेर्नको लागि शल्यक्रिया नै गर्नु पर्ने हुन्छ । आजभोलि प्रविधिमा आएको विकासले मोतिबिन्दुको शल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य काममा फर्कन सक्छन् । नेत्रज्योति संघद्वारा सञ्चालित विभिन्न अस्पतालहरूले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा देशैभर निःशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेत्रज्याति संघले हाल देशभरमा २७ ओटा आँखा अस्पताल तथा १५० भन्दा बढी आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरूमार्फत हरेक जिल्लाका नागरिकहरूलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

घुन्साबाट निःशुल्क आँखा शिविर अभियान सुरु

काठमाडौँ,८ फागुन । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजीकरणमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो । गाउँपालिकका दुर्गम गाउँमा नौदिने निःशुल्क आँखा शिविरको अभियान सुरु भएको जनाइएको छ । शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला […]

ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

काठमाडौँ,२७ माघ । ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो । यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो […]

सन्राइज बैंकको निःशुल्क आँखा शिविर

सन्राइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरेको छ ।बैंकले अत्तरीयातथा चुरे शाखाको र नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निःशुल्क आँखा चेकजाँच शिविर गरेको छ ।एक दिने स्वास्थ्य शिविरमा चार सय भन्दा बढीले निःशुल्क आँखा चेकजाँच गराएका थिए । […]

पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर

१९ पुस, वीरगञ्ज । पर्साको बिन्दबासिनीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । शिविरमा ३०० जनाको आँखाको परीक्षण गराउँदा १०८ जनामा मोतिया बिन्दु फेला परेको गाउँपालिका स्वास्थ्य सहसंयोजक रामेश्वर चौरसियाले बताए । मोतिया बिन्दुको समस्या देखिएका बिरामीको आगामी पुस २५ देखि २७ सम्म निःशुल्क रुपमा वीरगञ्जमा शल्यक्रिया हुने चौरसियाले वताए । बिन्दबासिनी गाउँपालिकाको आर्थिक सहायोग, […]