गाँजा अभियोगमा पक्राउ परेका काफ्लेसँग धरौटी माग

काठमाडौँ – गाँजा किनबेच आरोपमा पक्राउ परेका अभियन्ता राजिव काफ्लेसहित तीन जनासँग काठमाडौँ जिल्ला अदालत धरौटी माग गरेको छ। बुढानिलकण्ठमा रहेको हिप्पी हिल्स रेष्टुरेन्टका सञ्चालकसमेत रहेका काफ्लेसहित तीन जनालाई लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको थियो। उनीहरुलाई गाँजा किनबेच गरेको र साथबाट ८० ग्राम फेलापरेको अभियोगमा मुद्दा दायर गरेको थियो। ब्यूरोले भदौ २१ गते काफ्लेसहित रेष्टुरेन्टमा […]

सम्बन्धित सामग्री

केकमा गाँजा राखेर बेच्ने युवा पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बेचेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज (आइतवार) सार्वजनिक गरेको हो।ब्यूरोका प्रवक्ता रहेका प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए। ‘इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले त

लागुऔषध गाँजा सहित यात्रु पक्राउ

तनहुँमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन्। सोमबार मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग २ ख ९१७ नम्बरको यात्रुवाहक बसमा सवार एक यात्रु गाँजा सहित पक्राउ परेका हुन्।...

गाँजा तस्कर आरोपमा फरार लक्ष्मीप्रसादसहित तीनजना पक्राउ

गाँजा तस्करीमा लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका लक्ष्मीप्रसाद चौधरी पक्राउ परेका छन्। गाँजा तस्करी परिचित आरोपित महोत्तरी गाउपालिका–४ घर भइ हाल एकडारा गाउपालिका–५ बस्दै आएका ७० वर्षीय लक्ष्मीप्रसाद चौधरीसहित थप...

गाँजा र लागुऔषधसहित चारजना पक्राउ

काठमाडाैँ- प्रतिबन्धित गाँजा र लागुऔषधसहित प्रहरीले पर्साबाट चार जनालाई पक्राउ गरेको छ। प्रहरीले प्रतिबन्धित गाँजासहित पर्सागढी नगरपालिका-८ बाट बहुदरमाई नगरपालिका-९ बस्ने सुरेन्द्र पटेल र जवाहिर राउतलाई पक्राउ गरेको हो। पर्सागढी नगरपालिकाकोे एकटाँगाबाट बडनिहार हुँदै प्र २-०३-०२० प ८८०० नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्दा पछाडि बसिरहेका राउतले बोकेको झोलाबाट ६ किलो गाँजा बरामद गरेको हो। […]

गाँजा र लागुऔषधसहित तीन जना पक्राउ

वीरगञ्ज – गाँजा र लागुऔषधसहित तीन पक्राउ परेका छन्। प्रहरीले १५० किलो गाँजासहित भारत बिहार राज्य मोतिहारी जिल्ला थाना संग्रामपुर ग्राम पञ्चायत भटवलिया बस्ने अजित पासवान र रामदर्शन महतोलाई पक्राउ गरेको हो। कलैया उपमहानगरपालिका–१० नीलकण्ठवा टोलस्थित नेपाल–भारत सीमा नजिकैबाट नेपालबाट भारततर्फ गाँजा लगिरहेको समूह प्रहरीलाई देखेपछि गाँजा फालेर फरार भएको थियो। तिनैमध्ये दुई जनालाई पक्राउ […]

धनुषामा गाँजा बेचेको आरोपमा एक जना पक्राउ

जनकपुरधाम : धनुषा प्रहरीले लागुऔषध गाँजा बिक्री गरेको आरोपमा एक जनालाई पक्राउ गरेको। पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ दूधमती चौकस्थित फलफूल व्यवसायी १९ वर्षीय अरूणकुमार साह रहेका छन्।फलफूल पसलमा प्रतिबन्धित लागुऔषध गाँजा बिक्री बितरण हुने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले अरुणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो। अरुणको पसलबाट प्रहरीले खानतलासी गर्दा एउटा डिस्पोजल झोलाबाट गाँजा फेला परेको

गाँजा सहित एक जना पक्राउ

सर्लाही, २९ साउन । लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् । कौडेना गाउँपालिका १ सुक्चैना बजारबाट १ किलो अवैध लागूऔषध गाँजा सहित कबिलासी नगरपालिका ७ सिरसिया बस्ने २४ वर्षीय पोष ठाकुर कबिलासीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको […]

धरानमा एम्बुलेन्सबाट एक सय किलो गाँजा बरामद, दुई पक्राउ

एम्बुलेन्समा गाँजा ओसारपसा गरेको आरोपमा धरानबाट दुई जना पक्राउ परेका छन्।