भोजपुरको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना

भोजपुर, २७ मङ्सिर । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको खाटम्मामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको छ । घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । प्रसूति सेवा केन्द्रमा ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सेवा प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । भविष्यमा […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

बहिरंग सेवा सञ्चालन गर्ने तयारी

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र)बाट विशेषज्ञ डाक्टरसहितको बहिरंग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरंग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न बर्थिङ सेन्टरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वास्थ्य अधिकृत रितेश जयसवालले जानकारी दिए । अहिले महानगरको पाँच स्थानमा स्थापना गरिएको सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरंग सेवा सञ्चालन गरिने र अर्को वर्ष अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने तयारी भएको उनले बताए । यसका लागि महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको छ । सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरिएको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ । गत २०७९ भदौदेखि शुरू भएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’अन्तर्गत हालसम्म १० हजार २३३ जनाले स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले बताएको छ । महानगरपालिकाका १२ वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’अन्तर्गत १० हजार ८८५ जनाले स्वास्थ्य जाँचका लागि नाम दर्ता गराएकोमा ६ हजार ४२१ महिला र तीन हजार ८१२ पुरुष गरी १० हजार २३३ जनाले सेवा लिएका थिए । सोही कार्यक्रममा ४५३ जनाले यूएसजी सेवा, ६७ जनाले ईसीजी सेवा र दुई हजार १७२ जनाले ल्याब परीक्षण सेवा लिएका छन् । जाँच गराएकोमध्ये २९ महिला र १६ पुरुष गरी ४५ जनालाई थप उपचारका लागि सिफारिश गरिएको स्वास्थ्य अधिकृत जयसवालले बताए । ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’मा तीन विशेषज्ञ डाक्टरसहित नर्स, अनमी र एचए एक/एक, तीन अहेब र दुई ‘ल्याब एसिस्टेन्ट’ परिचालन गरिएको थियो । रासस

बहिरङग सेवा सञ्चालन गर्ने तयारी

काठमाडौँ,१० फागुन । पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो । […]

लाखौँ खर्चेर बनाएका प्रसूति गृह प्रयोगविहीन

सुदूरपश्चिम प्रदेश सरकारले लाखौँ रकम खर्च गरेर निर्माण गरेका यहाँका प्रसूति सेवा केन्द्र तथा शहरी स्वास्थ्य केन्द्र प्रयोगविहीन भएका छन्।

जोखिम मोलेर घरमै सुत्केरी हुने दिन हटे

कञ्चनपुर : गाउँमा सुरक्षित प्रसूति सेवा केन्द्र नहुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ का २५ वर्षीया कमला नेपालीले दुई शिशु जोखिम मोल्दै घरमै जन्माइन्। 'श्रीमान् रोजगारीका लागि भारतमा रहने हुँदा टाढाको अस्पताल जान सकिनन्। जोखिम भए पनि दुई शिशु घरमै जन्माएँ' उनले भनिन्, ‘हाल गाउँनजिकै शहरी स्वास्थ्य केन्द्रमा सु...

तुलसीपुरको बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन

दाङ– तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न  उक्त केन्द्र...