पाथिभरा मन्दिर दर्शनमा रोक

ताप्लेजुङ। कोरोनाको संक्रमण बढ्दै गएको भन्दै ताप्लेजुङस्थित पाथिभरा मन्दिरको दर्शनमा पूर्ण रुपमा रोक लगाइएको छ। पाथिभरा क्षेत्र विकास कोषका अनुसार बैशाख मसान्तसम्मका लागि लागू हुने गरी मन्दिरको दर्शनमा रोक लगाइएको हो। मन्दिरको दर्शनका लागि धेरैजसो भक्तजन जिल्ला बाहिरबाट आउने भएकाले दर्शनका लागि रोक लगाइएको कोषले जनाएको छ। दर्शनका लागि आजदेखि कडा रुपमा रोक लगाइएको हो।

सम्बन्धित सामग्री