न्यूयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने भएका छन्। महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो।राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले शनिबार महारानी एलिजाबेथ द्वितीयालाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। दुवैले समारोह स्थलमा महारानी एलिजाबेथ द्वितीयाको स्मृतिमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्नेछन्। यसैबीच उनीहरू राजा चार्ल्सद्वारा आयोजित स्वागत समारोहमा पनि सहभाग