राष्ट्रपति र भारतीय समकक्षीबीच टेलिफोन वार्ता, पशुपति दर्शन गर्न मुर्मूलाई पौडेलको निम्तो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई उनका भारतीय समकक्षी द्रौपदी मुर्मूबीच टेलिफोन संवाद भएको छ । भारतीय राष्ट्रपति मुर्मूले टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् । टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो सङ्घर्ष र योगदान पुर्याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित भएकोमा खुशी व्यक्त गरेको […]