छिन्नमस्ता देवीको मुकुट भेटियो, चोरीमा संलग्न पक्राउ

सप्तरी।सप्तरीको छिन्नमस्ता देवीको मूर्तीबाट चोरी भएको चाँदीको मुकुट भेटिएको छ।आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ मा भेटिएको प्रहरीले जनाएको छ।मुकुट चोरी गर्ने एकजना पक्राउ परेका छन्।मुकुट बोकेका मान्छे गाउँ घुमिरहेको जानकारी पाएपछि प्रहरी खोजिका लागि पुगेको थियो। नियन्त्रणमा लिएका व्यक्तिको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।मुकुट चोरी भएपछि भारतीय सीमा नाकासमेत बन्द गरी खोजी सुरू भएको थियो।

सम्बन्धित सामग्री

पत्ता लागेन मन्दिरको मुकुट चोर

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा भएको चोरीमा संलग्नको अझै पहिचान हुन सकेको छैन। मन्दिरबाट चाँदीको मुकुट, मालालगायत एक सय तोला चाँदीका गहना चोरी भएको थियो। गत वैशाख ३० गते राति मन्दिरमा चोरी भएको थियो। चोरीमा संलग्न व्यक्ति सिसी क्यामरामा कैद भए पनि पक्राउ गर्न सकिएको छैन।

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले हल्लीखल्ली मचेको बेला चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ गाउँ निवासी २३ वर्षिय राजेश कुमार मण्डल छन् । सोमबार बिहान ७ बजेतिर […] The post छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.