अपाङ्गता भएकालाई घरमै नागरिकता

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र  वितरण गर्न शुरू गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान शुरू गरेको हो ।  अपाङ्गता भएका व्यक्ति नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण शुरू गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पङ्गेनीले बताइन् ।  उनले जिल्लाको गैँडाकोट नगरपालिकाबाट अभियानको सुरुआत ...

सम्बन्धित सामग्री

अपाङ्गता भएकी महिलालाई घरमै नागरिकता

दमौली – आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी ६० वर्षीया अपाङ्गता महिला राममाया गुरुङलाई जिल्ला प्रशासन कार्यालय तनहुँले घरमै पुगेर नागरिकता वितरण गरेको छ । हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म आवतजावतका लागि समस्या हुने भएपछि प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् । “नागरिकलाई सकभर छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु […]

जिप्रका आउन नसक्ने ४६ वर्षीया गुरुङलाई घरमै नागरिकता प्रदान

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काउलेमा बस्दै आएकी छलीमाया गुरुङ उमेरले ४६ वर्ष पुगिन्। सामान्यभन्दा कम उचाइ भएकी उनी शारीरिक रूपमा अपाङ्गता भएकी हुनुका साथै मानसिक रूपमा उनी केही सुस्त छिन्। आफू बसिरहेको ठाउँ आसपासमा थोरै हिँडडुल गर्नुबाहेक टाढाको यात्रा गर्न उनी असमर्थ छिन्।उनै छलीमायाले ४६ वर्षको उमेरमा मात्रै बल्ल नेपाली नागरिक भएको प्रमाण पत्र पाएकी छिन्। शारीरिक समस्याका कारण नजिकै रहेको सदरमुकाम कुश्मा बजारस्थित जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकताको प्रमाण

असक्त र अपाङ्गता भएकालाई घरमै नागरिकता पुर्‍याउँदै प्रजिअ शर्मा

भक्तपुर, १९ पुस । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा अशक्त श्रेष्ठले स्थानीय तहको सिफारिस, जनप्रतिनिधिको सहयोग तथा सबै प्रशासनिक प्रक्रिया पूरा भएपछि घरमै नागरिकता पाउँदा औधी खुसी भएको बताउनुभयो । श्रेष्ठ मात्रै […]

अपाङ्गता भएकी मध्यपुर थिमिकी सुप्रिनाले घरमै पाइन् नागरिकता

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ४ की सुप्रिना श्रेष्ठले घरमै नागरिकता प्रमाणपत्र पाएकी छन् । अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने सुप्रिनालाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्माले आइतबार उनको घरमै पुगेर नागरिकता प्रमाणपत्र दिएकी हुन् । नागरिकता दिन प्रजिअ शर्मा नागरिकता फाँटको टोलीसहित सुप्रिनाको घर पुगेकी थिइन् । प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा […]

भक्तपुरकी अशक्त नागरिकले पाइन् घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई घरमै पुगेर नागरिकताकाे प्रमाण पत्र प्रदान गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ की सुप्रिना श्रेष्ठले घरमै आइपुग्नु भएकी कार्यालय प्रमुख रुद्रादेवी शर्माको हातबाट नागरिकता पाउनुभयाे । शर्मा आफैँ नागरिकता प्रमाण पत्र लिएर उहाँको निवास पुग्नुभएको थियो ।

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

कावासोतीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

कावासोती, १६ भदौ । अपाङ्गता भएका व्यक्तिहरू नागरिकताबाट वञ्चित नहुन र सहज रुपमा नागरिकता प्राप्त गर्न सकून् भनेर त्यस्ता व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनीले गैँडाकोट […]

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान सुरु गरेको छ । गैंडाकोट नगरपालिकाबाट यो कार्यक्रम सुरुआत गरिएको हो । गैंडाकोट नगरपालिका १३ र १२ का अति अशक्त रुपमाया सापकोटा र अपाङ्गता भएका सौरभ हमाल र समिर थापालार्ई घरमै पुगेर नागरिकता वितरण गरेर यो अभियान सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै आठ वटै स्थानीय तहसँग समन्वय गरेर अभियानलाई निरन्तरता दिइने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभयो ।

अपाङ्गता भएका दुई महिलाले पाए घरमै नागरिकता

लमजुङ : जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिका–१० का अपांगता भएका दुई महिलालाई घरमै नागरिकता प्रदान गरिएको छ। अपांगताका कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने उनीहरुलाई कार्यालयको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको हो।घडेरीकी ४१ वर्षीया सन्तमाया तामाङ र बेसी भाचोककी २३ वर्षीया कृष्णा घिमिरेलाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए। शनिवार प्रजिअ शर्मा सहितको टोली घिमिरे र तामाङको घरमा पुगेको थियो। विविध कारण जिल्ला प्रशासन कार्यालयसम्म आएर न

घरमै नागरिकता पाउँदा खुसी

जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्त तथा अपाङ्ग व्यक्तिहरूलाई घरमै पुगी नागरिकता वितरण गर्दैआएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ का जन्मजात अपाङ्गता रहनुभएका २८ वर्षीय सुरेन्द्र थापालाई उहाँको निवासमै पुगी नागरिकता वितरण गरिएको हो ।