बलियो घरका लागि गुणस्तरीय डन्डी कसरी छनौट गर्ने ? यी कुरामा ध्यान दिनुस

काठमाडौं । आधुनिक पक्की भवन निर्माणमा मानव शरीरको मेरुदण्ड जत्तिकै स्थान हुन्छ, डन्डी (छड) को प्रयोग । यसलाई भवन निर्माण सामग्रीमध्ये प्रमुख अंगको रूपमा लिइन्छ । भूकम्प प्रतिरोधी र बलियो संरचनायुक्त भवनका लागि एउटा स्तम्भ  हो, डन्डी ।  डन्डीका आकार, प्रकार र यसको प्रयोग बजारमा उत्पादित डन्डीमा टिएमटी र टिएमएक्स प्रमुख प्रचलनमा रहेका छन् । टिमटीअघि टोर स्टिल र प्लेन डन्डीको प्रचलन थियो । हाल यसको सट्टामा टिएमटी डन्डीले स्थान लिएको छ । टोर स्टिलभन्दा बढी लचक र उच्च गुणयुक्त भएको कारण विस्तारै यसको बजार टिएमटीले लिन सफल भयो । टिएमटी (थर्मो मेकानिकलली ट्रिटेड) धातु प्रक्रियामार्फत बनेको हुन्छ । यसलाई इन्जिनियरिङको भाषामा टिएमटी बार, रेन्फोर्स बार वा रिबार भन्ने गरिन्छ । यसको उच्च भारवहन क्षमता, लचकता, बलियो, खिया प्रतिरोधी विशेषतायुक्त भएकाले भवन निर्माणका लागि उपयुक्त हुन गएको हो । निर्माण क्षेत्रमा टिएमटी रडको प्रयोगले पकड जमाउन सफल भएको छ ।  डन्डी विभिन्न आकारमा उत्पादन हुने गरेका छन् । त्यसमध्ये केही प्रमुख आकार ८ मिमि, १० मिमि, १२ मिमि, १६ मिमि, २० मिमि, २५ मिमि, २८ मिमि, ३२ मिमि, ३६ मिमि, ४० मिमिसम्म रहेको पाइन्छ । कतिपय कम्पनीले ४.७५ मिमि र ७ मिमि आकारका डन्डी उत्पादन गरिरहेको पाइन्छ । भवन निर्माणमा विभिन्न आकारका डन्डी प्रयोग हुन्छन् । स्ल्याब, बिम, फाउन्डेसन आदिमा तलाअनुसार फरक–फरक आकारका डन्डी प्रयोग गरिन्छ ।  साधारणतया ८ मिमिदेखि १२ मिमिसम्मको डन्डी प्रयोग हुन्छ । स्थान विशेषअनुसार ५ मिमिको डन्डी पनि प्रयोगमा आएको हुन्छ ।  छडको मूल्यमो एकरूपता पाइँदैन । नाम चलेका कम्पनीका केही बढी मूल्य रहेको पाइन्छ भने अन्य कम्पनीका कम मूल्य । ढुवानी भाडा र अभावका बीच मूल्यमा केही घटबढ भने भइरहन्छ । अहिले चलनचल्तीमा पञ्चकन्याबाट उत्पादित डन्डीको मूल्य १३५ प्रतिकिलो रहेको छ भने अन्यको १२८ प्रतिकिलो रहेको छ ।  कसरी छनोट गर्ने गुणस्तरीय डन्डी ? बजारमा धेरै कम्पनीबाट उत्पादित फरक–फरक डन्डीका बीच कम मूल्यमा स्तरीय डन्डी छनोट गर्नु अवश्य पनि कठिन कार्य हो । त्यसमाथि विज्ञापनका आकर्षक र मोहित पार्ने खाले शब्दजालबाट प्रभावित नहुने कुरै भएन । धेरै थरी कम्पनीका फरक–फरक मूल्य पनि डन्डी छनोटको अर्को समस्या हो । सस्तोमा किन्नु कम गुणस्तरीय पर्ला भन्ने पीर, महँगोमा किन्नु, त्यो पनि गुणस्तरीय नै छ भन्ने के ग्यारेन्टी ? छनोटको यो दोधारबाट बच्ने केही उपायमध्ये पहिलो आधार हो, गुणस्तर ।  कुनै कम्पनीको नाम लिएर यही ठीक हो भन्नु सरासर पक्षपातपूर्ण हुन्छ । त्यसैले कुनै कम्पनीको पक्ष नलिईकन भन्नुपर्दा गुणस्तर नै पहिलो सर्त हो । तोकिएको मापदण्ड पूरा नगरी उत्पादन गर्न पाइँदैन । गुणस्तरीय छ/छैन छुट्याउन टेन्साइल टेस्ट गरिएको हुन्छ र त्यसको आधारमा नेपाल गुणस्तर विभागबाट गुणस्तर चिह्न प्रदान गरिएको हुन्छ । गुणस्तर चिह्न लेबल प्रयोग भएको कुनै पनि कम्पनीको उत्पादन प्रयोग गर्नु उपयुक्त मानिन्छ ।  गुणस्तरीय डन्डी छनोटका विषयमा केही विरोधाभासपूर्ण विषय उठ्ने गरेको पाइन्छ । राजेश हार्डवेयरका प्रोप्राइटर गुणस्तरको विषयमा कुनै जानकारी नहुने बताउँछन् । त्यहाँबाट बिक्री गरिने जगदम्बा कम्पनीको डन्डीमा गुणस्तर चिह्नको ट्याग लगाएको हुन्छ । सोही ट्याग नै गुणस्तरयुक्त छ भन्ने विश्वास गर्नुपर्ने आधार हो । त्यसैगरी धनवन्तरी बाराही ट्रेडिङका प्रोप्राइटरका अनुसार उत्पादक कम्पनी नै विश्वासको आधार हो । निर्माण क्षेत्रका विज्ञ भनेका इन्जिनियर हुन् । इन्जिनियर तिलक बानियाँका अनुसार समय–समयमा डन्डीको टेन्साइल टेस्ट गरिन्छ । यसमा डन्डीमा रहेको तन्कने शक्ति, जसलाई डन्डीको भारवहन क्षमताको मापन भनिन्छ । यही तन्कने शक्ति र त्यसमा रहेको कार्बन (किट) को मात्रालाई जाँच गरिन्छ । यसैको आधारमा डन्डी गुणस्तर हो/होइन थाहा हुन्छ ।   डन्डीको गुणस्तर मापन गर्ने विश्वासिलो आधार भनेको यसको ग्रेडिङ हो । एफई ४१५, एफई ५००, एफई ५५० र एफई ६०० यसका प्रमुख ग्रेड हुन्, जसले डन्डीको बलियो शक्तिलाई मापन गर्दछ । नेपाली कम्पनीका डन्डीमा ५०० गुणा डीको ट्याग लगाइएको हुन्छ । त्यो नै त्यो  डन्डीको शक्ति वा गुणस्तर मापन प्रक्रिया हो । नेपाली उत्पादनमा ५०० र ५५० का गुणस्तर मात्र प्रयोग भएको पाइन्छ । 

सम्बन्धित सामग्री

बैतडीमा यु–१६ क्रिकेट छनौट शुक्रबारदेखि

बैतडी : बैतडी जिल्लाको १६ वर्षमुनिको क्रिकेट छनौट प्रतियोगिता शुक्रबारदेखि शुरु हुने भएको छ।यहाँका पालिकाबाट आएका खेलाडीबाट टोली बनाएर प्रतिस्पर्धा गराइने बैतडी जिल्ला क्रिकेट संघको सचिव सिद्धराज बोगटीले जानकारी दिए। खेलाडीलाई छनौट प्रतियोगितामा सहभागी गराइदिन सबै पालिकालाई जिल्ला क्रिकेट संघले पत्राचार गरिसकेको छ।सहभागी हुन आउने खेलाडीलाई अनिवार्य रूपमा उमेर खुल्ने कागजपत्र ल्याउन आग्रह गरेको छ।छनौट प्रतियोगिता देहिमाडौंस्थित निंग्लाशैनी खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन

बस्तीस्तरबाटै योजना छनौट हुनुपर्ने माग

सुर्खेतमा भएको एक कार्यक्रममा बस्ती स्तरबाटै छनौट भएका योजनाहरूलाई पालिकाले प्राथमिकता दिनुपर्ने माग गरिएको छ।...

बैतडीमा यू १९ छनौट शुरु

बैतडी : वाईवाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीमा छनौट प्रतियोगिता सञ्चालन गरिएको छ। जिल्लामा रहेका क्लबमा रहेका यू १९ खेलाडीलाई बोलाएर छनौट प्रतियोगिता सञ्चालन गरिएको छ।छनौट प्रतियोगितामा बैतडी ए र बैतडी बी गरेर दुई टोली बनाइएको प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। देहिमाण्डौँमा शुरु भएको उक्त छनौट प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ।छनौट प्रतियोगिताको उद्घाटनमा बैतडी जिल्ला क्रिकेट संघका उपाध्यक्ष लोकराज जोशी, कोषाध्यक्ष शेरसिंह खत्री, पूर्व अध्यक्ष तथा सदस्य रमेशबह

नवौँ राष्ट्रिय खेलकुदका लागि टेवलटेनिसका १० खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं १ बाट टेवलटेनिसका १० खेलाडी छनौट भएका छन्। इटहरीमा जारी प्रदेश नं १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरु छनौट भएका हुन्।...

बैतडीबाट प्रदेशका लागि १५६ खेलाडी छनौट

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत सुदूरपश्चिम स्तरीय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट एक सय ५६ खेलाडी छनौट भएका छन्।...

नवौं राष्ट्रिय खेलकुद : रग्बी खेलमा सहभागी हुने खेलाडी छनौट

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी खेलमा सहभागी हुनका लागि प्रदेश १ को उदयपुर जिल्लामा खेलाडी छनौट गरिएको छ ।  गण्डकी प्रदेशमा असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नबौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको हो । राष्ट्रिय प्रतियोगितामा खेलाडी छनौट हुनका लागि छनौट चरणका खेलहरू भदौ दोस्रो साताबाट सुरु […]

एसियन गेम्सका लागि ब्याडमिन्टनको छनौट सुरु

नेपाल ब्याडमिन्टन संघले १९ औं एशियन गेम्सका लागि बिहीबारबाट खेलाडी छनौट सुरु गरेको छ ।ललितपुरको रिभाईभ लिजर पार्कस्थित ब्याडमिन्टन कोर्टमा सुरु गरिएको छनौट खेलमा उच्च १० वरियतामा रहेका पुरुष तथा महिला खेलाडीहरूका विच प्रतिस्पर्धा हुने संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।तीन दिन सम्म संचालन हुने प्रतिस्पर्धा लिगका आधारमा खेलाइने समेत अध्यक्ष श्रेष्ठले जनाए ।

‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १४० विद्यालय छनौट

काठमाडौँ– सरकारले ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १ सय ४० सामुदायिक विद्यालय छनौट गरेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ल्याइएको यो कार्यक्रमका लागि विद्यालयहरू छनोट गरिएको हो । आज शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना निकालेर निर्देशक समितिको बैठकले छनौट गरेको विद्यालयहरूको सूची सार्वजनिक गरेको छ । कार्यविधिअनुसार यो कार्यक्रमअन्तर्गत छनौट हुने विद्यालयका […]

डेनमार्क विश्वकप फुटबलको लागि छनौट

एजेन्सी । युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो । यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् […]

स्कटल्याण्डको रेन्जर्स छनौट चरणबाटै बाहिरियाे

काठमाडौं । स्कटल्याण्डको रेन्जर्स फुटबल क्लब युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट चरणबाटै बाहिरिएको छ । गएराति स्विडेनको माल्मो फुटबल क्लबसँग २–१ ले पराजित भएपछि रेन्जर्स समग्रमा ४–२ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो । यसअघि अर्को स्कटीस क्लब सेल्टीक पनि च्याम्पियन्स लिगको छनौट चरणबाटै बाहिरिएको थियो । गएराती भएका छनौट चरणका अन्य खेलहरुमा विजयी हुँदै नेदरल्याण्ड्सको […]