स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गेटाफेसँग स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा रियल गेटाफेसँग उसैको मैदानमा १–० गोलले पराजित भयो । यससँगै रियलको १५औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।