काठमाण्डौ – श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने भएको छ ।
यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट आउँदो आइतबार अर्थात् पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो ।
वैदेशिक रोजगार कार्यालय काठमाण्डौ मात्र प्रदान हुँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवालाई श्रम मन्त्रालयले केही समय यता प्रदेश स्तरमा विस्तार गर्दै लगेको छ । वैदे...