कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन किन?

काठमाडौँ – कात्तिक ७ गते बेलुकी नै औँसी तिथि परेकाले सोही दिन बिहान कुकुर पूजा गरी बेलुकी लक्ष्मी पूजा गर्न मिल्ने पञ्चांग निर्णायक समितिले जनाएको छ। भोलिपल्ट अर्थात् कात्तिक ८ गते बेलुकाको ४ः ३३ मा औँसी तिथि सकिने र उक्त दिन सूर्य ग्रहण लाग्ने भएकाले लक्ष्मी पूजा गर्न नमिल्ने समितिले बताएको छ। ग्रहण ४ः५२ मा […]

सम्बन्धित सामग्री

आज कुकुर तिहार र धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।  लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औंसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।  लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।  आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।  आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औंसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिवारबाट शुरु भएको हो । चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । रासस

यस्तो रह्यो अमेरिकामा नेपालीको लक्ष्मीपूजा

विजय थापा । अमेरिकामा बसोबास गर्ने नेपालीले धुमधामसँग श्रद्धाभक्तिको साथ लक्ष्मी पूजा मनाएका छन् । अमेरिका नेपालमा जस्तै पूजा सामग्रीहरु प्राय हरेक ठाउँमा सर्वसुलभ तरिकाले पाइने हुनाले पूजा सामग्री, दियो, कलस, फलफुल, मिठाई लगायत सामग्रीहरु नेपाली समुदायले जुटाएका छन् । अमेरिकामा भर्खर जाडो सुरु भएको र लक्ष्मी पूजा र कुकुर तिहार सोमबार परेकोले मंगलबार काममा पनि …

आज लक्ष्मी पूजा गरिँदै

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन सोमबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सोमबार नै कुकुर तिहार पनि परेको छ ।

आज लक्ष्मी पूजा र कुकुर तिहार

काठमाडौं । कात्तिक कृष्ण चतुर्दशीका दिन आज लक्ष्मी र द्वारपाल कुकुरको पूजा गरी तिहार मनाइदै छ । धनधान्य देवी लक्ष्मीको आराधना र कुकुरलाई अबिरमाला लगाइदिएर मनपर्ने खानेकुरा दिएर पूजा गर्ने चलन छ । आज घरघरमा दीपावली गर्दै धनधान्य र एश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइए पनि आज बिहान […] The post आज लक्ष्मी पूजा र कुकुर तिहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार घर घरमा कुकुर पूजा गरिंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो । कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ । यस दिन बिहान नदी तथा तलाउमा […]

तिहार सुरु भएसँगै बजारमा भीडभाड बढ्दो (फोटो फिचर)

काठमाडौँ- तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो । आइतबार काग तिहार र  सोमबार कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको छ । मंगलबार गाईपूजा, बुधबार गोवर्द्धनपूजा हलितिहार, म्हपूजा परेको छ भने बिहीबार भाइटीका परेको छ […]

६ दिनको यमपञ्चक : तिहारको बिदा पाँच दिन, सरकारी कार्यालय एक साता बन्द

काठमाडौं : यमपञ्चक ! यो शब्दले यमराजसँग सम्बन्धित ५ दिन भन्ने बुझाउँछ।पहिलो दिन काग तिहार। दोस्रो दिन कुकुर तिहार। तेस्रो दिन गाई पूजा र लक्ष्मी पूजा। चौथो दिन गोवर्द्धन पूजा वा गोरु पूजा। अन्तिम दिन भाइटीका। यमपञ्चकको क्रम यही हो।तर यो वर्ष यमपञ्चक ६ दिनको भएको छ। तिथि घटबढका कारण यस्तो हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी बताउँछन्।‘यो वर्ष मात्र नभई पहिले पनि कुनै कुनै वर्ष यस्तो स्थिति हुन्थ्यो’, उनी भन्छन्, ‘यो वर्ष त

आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

२९  कात्तिक, काठमाडौं । आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार …

तिहार बोलाउँदै मखमली, कृषकलाई चटारो, फोटो

काठमाडौं : हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार हाम्रो घरदैलोमा आइसकेको छ। ५ दिनसम्म मनाइने तिहारको यमपञ्चक सुरु हुने पूर्वसन्ध्यामा आइपुग्दा गाउँघर सयपत्री र मखमली फूलले ढकमक्क छन्। तिहारमा फूलको निकै महत्व छ। काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा, गोबर्धन पूजामा फूलको प्रयोग हुन्छ नै अझ भाइ टीकामा त फूलको माला नभइ ह...