प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अवरोध हटाउनेबारे छलफल गर्न विहीबार बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक आयोजना गरेका छन् । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने–नहुने निश्चित छैन ।‘विहीबार दिउँसो प्रतिनिधिसभाको बैठक बस्दैछ, त्यसअघि संसदको अवरोधबारे छलफल गर्न प्रधानमन्त्रीले बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक राख्नुभएको छ,’ प्रधानमन्त्रीको प्रेस सल्लाहकारको भूमिकामा रहेका गोविन्द परियारले र