लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परिक्षार्थीहरु आन्दोलित भएका छन् । सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले तत्काल नतिजा प्रकाशनको माग गरेका छन् ।लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको साटो नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो काम भएको बताउँदै उनीहरुले गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न नतिजा प्रकाशन गरिनुपर्नेमा जोड दिए । उनीहरुल