युक्रेनको ठूलो बाँधमा रुसी क्षेप्यास्त्र आक्रमण, बाढीको खतरा

दक्षिणी युक्रेनको एउटा मुख्य बाँधमा रुसले क्षेप्यास्त्र आक्रमण गरेकाे छ । ठूलो बाँधमा आठ वटा क्षेप्यास्त्र प्रहार भएको बीबीसीले जनाएको छ । बाँधमा भएको आक्रमणबाट बाढीको जोखिम भएपछि प्रशासनले स्थानीयवासीलाई अन्तै जान अनुरोध गरेको छ । क्रिभी रिहको दुई जिल्लाका २२ वटा बस्तीका मानिसहरू जोखिममा परेका नगर प्रमुख ओलेक्सान्डर भिल्कुलले बताउनुभएको छ । बाँध फुटेको ठाउँमा एक सय क्युबिक मिटर प्रतिसेकेन्ड (क्युसेक) को गतिमा पानी बगेको र त्यसैका कारण इन्हुलेट्स नदीमा जलस्तर खतरनाक ढङ्गले बढिरहेको खबरमा उल्लेख छ । क्रिभी रिह युक्रेनका ...

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रुसी क्षेप्यास्त्र परीक्षणको भत्र्सना

न्युयोर्क, (एजेन्सी) ।  संयुक्त राज्य अमेरिकाले रसियाको एक खतरनाक र गैर जिम्मेवारीपूर्ण क्षेप्यास्त्र परीक्षणको आलोचना गरेको छ । यस परीक्षणबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ( आईएसएस ) मा रहेका अन्तरिक्ष यात्रुहरूलाई खतरा पु-याएको अमेरिकाको आरोप रहेको छ । रसियाको यस भू–उपग्रह भेदक क्षेप्यास्त्र प्रक्षेपणका कारण रसियाको आफ्नै एउटा भू–उपग्रह ध्वस्त हुँदा आईएसएसको अन्तरिक्ष टोलीले क्याप्सुलमा आश्रय […]