लुम्बिनीका सांसद शाही र वलीलाई सांसदबाट पदमुक्त गर्न एमालेको सिफारिश

काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका सांसदहरु अजय शाही र विमला खत्री वलीलाई सांसदबाट पदमुक्त गर्न सिफारिश गरेको छ । लुम्बिनी प्रदेशका एमालेका मुख्यसचेत भुमिश्वर ढकालले प्रदेशसभामा एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र वलीले पार्टीको विधान र संसदीय दलको विधान, नियम र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको भन्दै पदमुक्त […]

सम्बन्धित सामग्री

एमालेद्वारा लुम्बिनी प्रदेशसभा अबरुद्ध, आधा घण्टाका लागि स्थगित

काठमाडौँ, ७ भदौ। लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएसंगै (नेकपा एमाले)का सांसदले अजय शाही र बिमला वलीलाई पदमुक्त गर्न माग गर्दै नाराबाजी गरि रहेकाले आधा घण्टाका लागि सभा स्थगित गरिएको छ । एमालेले सांसद अजय शाही र बिमला वलीलाई पदमुक्त नगरेसम्म संसद चल्नन दिने भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले सांसद शाही र वलीलाई पदमुक्त […]

सांसद शाही र वलीलाई कारबाही नभएसम्म संसद चल्न नदिने एमालेकाे चेतावनी

काठमाडौं : नेकपा एमालेले लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई कारबाही नभएसम्म संसद चल्न नदिने चेतावनी दिएकाे छ। सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो। एमाले संसदीय दलकाे नेता भविश्वर ढकालले विज्ञप्ति जारी गरेर प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पद र मर्यादाको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय निर्णय गरेको आरोप लगाएका छन्। एमालेले सभामु

एमालेले कारबाही गरेका सांसद शाही र वली पदमुक्त नहुने

नेकपा (एमाले) ले कारबाही गरेका सूर्य चिह्नबाट चुनाव लडेका दुई जना सांसद पदमुक्त नहुने भएका छन् ।लुम्बिनी प्रदेशसभा सचिवालयले आइतबार एमालेलाई पत्र लेखेर अजय शाही र विमला वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको हो ।

गण्डकी प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका शाही चयन

गण्डकी प्रदेश सभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका खेलेका सांसद शाही मंगलबार समितिको सभापतिमा चयन भएका हुन् । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीको विरुद्ध उम्मेदवार दिएका थिए । छलफलपछि विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त भएको थियो ।