रुस–युक्रेन युद्धका कारण तनावग्रस्त खेअर्सन सहरबाट रुसी नागरिक बाहिरीन थालेका छन् ।
युक्रेनको दक्षिणी खेअर्सन क्षेत्रबाट हजारौँ नागरिक र रुसले नियुक्त गरेका अधिकारीलाई त्यहाँबाट अन्तै सारिएको छ ।
रुसी टेलिभिजनले मानिसहरूले सहर छोड्दै गरेको भिडियो र तस्बिर देखाएका छन् ।
रुसले नियुक्त गरेका अधिकारी भ्लादिमिर साल्डोका अनुसार त्यस क्षेत्रमा रुसले नियुक्त गरेका विभाग र मन्त्रालयलाई नीपर नदीपारि लगिनेछ ।
त्यहाँबाट लगभग ५० देखि ६० हजार नागरिकहरूलाई क्रमिक रुपमा विस्थापन गरिने साल्डोलाई उद्धृत गरी बीबीसीले ...