विराटनगर : सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत सामग्री पठाएको हो। सप्तकोशी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा १५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ। मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए। प्रदेश सरकारका तर्फबाट डुबान प्रभावित क्षेत