मानुषी लघुवित्तको नाफा रू.१ करोड ५१ लाखभन्दा बढी

माघ १७, काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५१ लाखभन्दा बढी नाफा कमाएको छ ।गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी रू. ४६ लाख ५५ हजार नोक्सानीमा रहेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम  रकम छुट्याउँदा सञ्चालन नाफा वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ९ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ८ लाख ९६ हजार छुट्याएको थियो ।  चुक्तापूँजी रू. १० करोड ९३ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ४ करोड ८१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले  रू. ४९ करोड २३ लाख सापटि लिएर, रू. ७१ करोड ३ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १३ दशमलव शून्य ३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर ३ दशमलव ६९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.२७ दशमलव ६७, तरलता अनुपात ५७ दशमलव ८३ गुणा,तरलता अनुपात ३ दशमलव शून्य ८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४३ दशमलव ९९ रहेको छ ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट  

सम्बन्धित सामग्री

यस वर्ष १ करोड ३३ लाखभन्दा बढीले वृद्धि भयो मानुषी लघुवित्तको नोक्सानी

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको नोक्सानी १ करोड ३३ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ४४ लाख ६६ हजार रुपैयाँभन्दा बढी मात्र खुद नोक्सानीमा थियो । यस वर्ष कम्पनीको सञ्चालन नोक्सानी पनि १ करोड ७९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस्तो नोक्सानी ४८ लाख ९८ हजार रुपैयाँभन्दा बढी मात्र थियो ।  यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी घटेको र कर्मचारी खर्च बढेकाले खुद नोक्सानीमा वृद्धि भएको देखिन्छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी रहेकोमा यस वर्ष ३ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी भएको हो । कर्मचारी खर्च भने गत वर्ष ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ७ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । रिटर्न अर्निङ १ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा छ । गत वर्ष ६ दशमलव ५७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ७ दशमलव ९० प्रतिशत पुगेको छ । गत वर्ष १ करोड रुपैयाँभन्दा बढी रहेको कर्जा सापटी यस वर्ष शून्य छ । यो ६ महीनामा कम्पनीले ९३ करोड ९७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।