यस वर्ष १ करोड ३३ लाखभन्दा बढीले वृद्धि भयो मानुषी लघुवित्तको नोक्सानी

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको नोक्सानी १ करोड ३३ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी ४४ लाख ६६ हजार रुपैयाँभन्दा बढी मात्र खुद नोक्सानीमा थियो । यस वर्ष कम्पनीको सञ्चालन नोक्सानी पनि १ करोड ७९ लाख रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस्तो नोक्सानी ४८ लाख ९८ हजार रुपैयाँभन्दा बढी मात्र थियो ।  यस वर्ष कम्पनीको खुद ब्याज आम्दानी घटेको र कर्मचारी खर्च बढेकाले खुद नोक्सानीमा वृद्धि भएको देखिन्छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी रहेकोमा यस वर्ष ३ करोड ४२ लाख रुपैयाँभन्दा बढी मात्र यो आम्दानी भएको हो । कर्मचारी खर्च भने गत वर्ष ३ करोड ६४ लाख रुपैयाँभन्दा बढी भएकोमा यस वर्ष ४ करोड ७ लाख रुपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । रिटर्न अर्निङ १ करोड ७२ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम १ करोड ७७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक अवस्थामा छ । गत वर्ष ६ दशमलव ५७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ७ दशमलव ९० प्रतिशत पुगेको छ । गत वर्ष १ करोड रुपैयाँभन्दा बढी रहेको कर्जा सापटी यस वर्ष शून्य छ । यो ६ महीनामा कम्पनीले ९३ करोड ९७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले १ अर्ब २७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । 

सम्बन्धित सामग्री

मानुषी लघुवित्तले अघि बढायो श्रृजनशील लघुवित्तसँगको डिमर्ज प्रक्रिया

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्त वित्तीय संस्थासँग डिमर्ज प्रक्रिया अघि बढाएको छ । यी दुई कम्पनीबीच मर्जरका लागि अन्तिम सम्झौता पत्रमा समेत हस्ताक्षर भइसकेको थियो । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नदेखिएकाले मानुषी लघुवित्तले मर्जर तोडेको हो । यी दुई कम्पनीबीच २०७९ चैत २ गते मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो । २०८० पुस ११ गते यी कम्पनीबीच अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । हाल १० करोड ९३ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको श्रृजनशील लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ६३ लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको छ । निष्क्रिय कर्जा यस अवधिसम्म १८ दशमलव १४ प्रतिशत कायम छ । मानुषी लघुविक्तको चुक्ता पूँजी भने १० करोड ९३ लाख ७५ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मानुषी लघुवित्तले १ करोड ७७ लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको छ । यस कम्पनीको निष्क्रिय कर्जा भने दोस्रो त्रैमाससम्म ७ दशमलव ९० प्रतिशत छ ।

मानुषी लघुवित्तको नाफा रू.१ करोड ५१ लाखभन्दा बढी

माघ १७, काठमाडौं ।  मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५१ लाखभन्दा बढी नाफा कमाएको छ ।गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनी रू. ४६ लाख ५५ हजार नोक्सानीमा रहेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम  रकम छुट्याउँदा सञ्चालन नाफा वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. २ करोड ९ लाख छुट्याएकोमा चालू आवको सोही अवधिमा रू. ८ लाख ९६ हजार छुट्याएको थियो ।  चुक्तापूँजी रू. १० करोड ९३ लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ४ करोड ८१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले  रू. ४९ करोड २३ लाख सापटि लिएर, रू. ७१ करोड ३ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ ।  गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १३ दशमलव शून्य ३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर ३ दशमलव ६९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू.२७ दशमलव ६७, तरलता अनुपात ५७ दशमलव ८३ गुणा,तरलता अनुपात ३ दशमलव शून्य ८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४३ दशमलव ९९ रहेको छ ।  आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट

दोस्रो दिनसम्ममा मानुषी लघुवित्तको आईपीओमा मागभन्दा ४८ गुणाभन्दा बढी आवेदन

साउन २८, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा बिहीवारसम्म १३ लाख ४७ हजार ८०८ जनाले आवेदन दिएका छन् ।  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार ती आवेदकहरुबाट १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरीदका लागि आवेदन परेको हो । जुन मागभन्दा ४८ दशमलव २१ गुणा बढी आवेदन हुन आउँछ । कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।  सर्वसाधारणमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ विक्री गर्न लागेको कम्पनीले कुल कित्तामध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ । यो आइपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पश्चात यो पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ  । आईपीओ विक्री प्रबन्धकमा भने नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाख कार्यालयहरु बाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरको सफ्टवेयर र मेरो शेयर एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १३२ दशमलव ३७ देखि रू. ३९८ दशमलव ०७ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ ।

१ अर्ब ७१ करोड खराब कर्जा संकलन गरेसँगै मानुषी लघुवित्तको नाफा १२६ % वृद्धि

वैशाख २१, काठमाडौं ।  गत आवको तेस्रो त्रैमासको तु्लनामा चालू आवको सोही अवधिमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा १२६ प्रतिशतले वृद्धि भएको छ ।  गत आवको तेस्रो त्रैमासमा रू. ५२ लाख ७९ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १ करोड १९ लाख ६४ हजार नाफा कमाएको हो ।  कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १ अर्ब ७१ करोड २६ लाख खराब कर्जा उठाउन सफल भएकाले र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको हो ।  चुक्तापूँजी रू. ७ करोड रहेको उक्त कम्पनीले जगेडा कोषमा रू. ३ करोड ४२ लाख ८२ हजार सञ्चित गरेको छ ।  चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ३७ करोड ३२ लाख सापटि लिएर,रू. ६२ करोड २२ लाख निक्षेप संकलन गरेर रू. ९८ करोड ११ लाख ५१ हजार कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा भने रू. १ अर्ब ६९ करोड २७ लाख ऋणात्मक रहेको छ ।