कञ्चनपुरमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने

कञ्चनपुर : कञ्चनपुरमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण भएको छ। सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो।जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपदका क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरुको सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको हो। निर्माण गरिएको योजना अध्यावधिक गर्ने कार्यलाई अगाडि बढाइएको छ।रेडक्रसले कञ्चनपुरका नौवटै स्थानीय तहमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविक

सम्बन्धित सामग्री

प्रदेश सरकारद्वारा विपत् प्रतिकार्य योजना निर्माण

सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना निर्माण गरेको छ । विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरिएको हो । यसमा विपत्पश्चात् मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ ।

बागलुङका ३७ वटा वडा पहिरोको उच्च जोखिममा

काठमाडौं । बागलुङका ३७ वटा वडा पहिराको उच्च जोखिममा परेका छन् । बागलुङका दश वटा स्थानीय तहका जम्मा ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा, ३१ वडा मध्यम जोखिम र १७ वडा निम्न जोखिमको सूचीमा परेका हुन् । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको […]

हिंसा रोक्न स्पष्ट योजना बनाउनु पर्छ

विपत् तथा आपतकालीन अवस्थाकाबेला लैङ्गिक हिंसा रोक्न विज्ञहरुको रायका आधारमा स्थानीय तहहरुले योजना बनाउनु पर्ने सरोकारवालाले बताउनुभएको छ । महिला मानव अधिकार रक्षक सञ्जालले धनगढीमा आयोजना गरेको कार्यक्रममा उहाँहरुले लैङ्गिक हिंसाविरुद्ध पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गर्दा विज्ञको राय लिनु पर्ने औंल्याएका हुन् । यसैगरी, यस क्षेत्रमा काम गर्ने सहयोगी हातहरुसँग पनि समन्वय र सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो ।

विपतकाे योजना बनाउँदै प्रदेश सरकार

यो वर्षको मनसुन भित्रँदै गर्दा लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपत् व्यवस्थापनसम्बन्धी योजना बनाउन थालेको छ। लुम्बिनी प्रदेशका जिल्लालाई लक्षित गरेर मनसुनजन्य विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो। आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय विपत् व्यवस्थापन तथा मनुसनजन्य विपत् पूर्वतयारीमा जुटेको छ। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये पहाडी जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, रोल्पा, रुकुमपूर्वका जिल्ला पहिरोको जोखिममा छन्।

विपत् प्रतिकार्य योजना निर्माण

कैलाली जिल्लाका लागि विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको छ। विपत् आउनुपूर्व आवश्यक तयारी र विपत्को समयमा पीडितको खोज तथा उद्धार गरी स्थानीय स्रोतको अधिकतम उपयोग गरिने जनाइएको छ। विपत् प्रभावित समुदायलाई व्यवस्थित, प्रभावकारी र जवाफदेहीयुक्त मानवीय सहयोग उपलब्ध गराउने उद्देश्यले प्रतिकार्य योजना तयार पारिएका जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।

दश पालिकाका ३७ वडा पहिरोको उच्च जोखिम क्षेत्र

मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिरोको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिरोको प्रकोप एक नम्बरमा परेको हो ।