दुई दिनमै सोनापुर मिनरल्सको शेयरमूल्य प्रतिकित्ता साढे ६६ रूपैयाँ घट्यो

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका आईपीओधनीहरूले दुई कारोबार दिनमा प्रतिकित्ता ६६ रूपैयाँ ५० पैसा गुमाएका छन् । कात्तिक २ गते कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको आईपीओ पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १४२ रूपैयाँ १ पैसादेखि ४२६ रूपैयाँ ३ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो । कात्तिक १२ गते स्पेशल प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबारमा प्रतिकित्ता ३५० रूपैयाँमा भएको थियो । स्पेशल प्रि–ओपनिङ सेसनपछि नियमित सेसनमा प्रतिकित्ता ३५० रूपैयाँमा कम्पनीको शेयर कारोबार खुला भएको थियो । पहिलो कारोबार दिनदेखिनै कम्पनीको शेयरमा विक्री चाप बढ्दा निरन्तर दुई कारोबार दिन शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । पहिलो र दोस्रो दिननै कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेको हो । पहिलो कारोबार दिन खुलामूल्यको तुलनामा प्रतिकित्ता ३५ रूपैयाँले शेयरमूल्य घटेर अन्तिम मूल्य ३१५ रूपैयाँ कायम भएको थियो । पहिलो कारोबार दिन कम्पनीको २० लाख ४८ हजार रूपैयाँभन्दा बढीको ४४६ कित्ता शेयर कारोबार भएको थियो ।  दोस्रो कारोबार दिन पनि यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१ रूपैयाँ ५० पैसाले घटेको छ । दोस्रो दिनको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २८३ रूपैयाँ ५० पैसा कायम भएको हो । दोस्रो दिन कम्पनीको ३२ लाख ७९ हजार रूपैयाँभन्दा बढीको २११ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको हो । सर्वसाधारण लगानीकर्ताले लगानी गरेको मूल्यभन्दा कम्पनीको शेयरको बजारमूल्य प्रतिकित्ता ४५ रूपैयाा ९२ पैसा बढी रहेको छ । क्लिंकर तथा सिमेन्ट उत्पादन गर्ने उदेश्य सहित ठुला उद्योगको रुपमा यस कम्पनीले २०६५ साल माघ ६ गते उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो । २०६५ साल जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७७ साल साउन ७ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार गर्दै आएको छ । दाङ जिल्ला, तुलसीपर उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित ८६ विघा जमिनमा फैलिएको कम्पनीले २०६९ साल जेठ १८ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । यस उद्योगको कुल लागत ८ अर्ब ७१ करोड रूपैयाँ रहेको छ । यसको उत्पादन दायरा ग्राहकको विकासशिल आवश्यकता अनुसार ओपिसी र पिपिसी समावेश गरिएको छ । 

सम्बन्धित सामग्री

प्रांक नगर्ने शर्त नमानेपछि बिहेको दोस्रो दिनमै डिभोर्स

काठमाडौं । एकजना नवविवाहिता महिलाले आफ्नो बिहे भएको दोस्रो दिनमै पतिसँग डिभोर्स गर्ने निर्णय गरेकी छिन् । आफ्नो चेतावनीका बाबजुद बिहेको क्रममा पतिले केही त्यस्तो गतिविधि गरे कि उनले बिहेको अर्को दिनमै डिभोर्स माग्नुपर्यो । ती महिलाले एक सोसल मिडियामार्फत् आफ्नो कहानी शेयर गरेकी छिन् । Slate’s Dear Prudence advice column मा उनले एक पोस्ट […]

मंसिरपछि ट्रायल दिएको तीन दिनमै लाइसेन्स !

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी मंसिरदेखि तीन दिनमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् । उनले हाल लाइसेन्सको पर्खाइमा रहेका करिब आठ लाख सेवाग्राहीलाई...

तीन दिनमै घट्यो आठ अर्ब निक्षेप

वाणिज्य बैंकहरूबाट तीन दिनमै आठ अर्ब रुपैयाँ निक्षेप घटेको छ । साउन ३१ म ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकहरूमा भदौ ३ गतेसम्म आइपुग्दा निक्षेप ४४ खर्ब २६ अर्ब...

अब सवारी अनुमति पत्र तीन दिनमै !

काठमाडौं : तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ।बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिकरुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो।अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्री भएसँगै सवारी चालक अनुमतिपत्र लिन पर्खाइमा रहेका सेवाग्राहीलाई छ महिनाभित्र

प्रशिक्षण केही दिनमै: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।...

एक दिनमै एक करोडभन्दा बढीको खसीबोका विक्री

काठमाडौं, असोज २४  । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सहुलियत मूल्यमा पहिलो दिनमै १ करोडभन्दा बढीको खसीबोका विक्री गरेको छ । दशैंका लागि २ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेर कम्पनीले काठमाडौंस्थित आफ्नो कार्यालयबाट शनिवारदेखि सुपथ मूल्यमा खसीबोकाको विक्री शुरू गरेको हो । कम्पनीले शनिवार पहिलो दिनमै १ करोड ६४ […]

एप्पलको नयाँ उपकरण अब ६ दिनमै सार्वजनिक हुने

एप्पलको नयाँ उपकरण अब ६ दिनमै सार्वजनिक हुने भएको छ। एप्पलले यही अप्रिल २० मा आफ्ना उपकरणहरु सार्वजनिक गर्ने घोषणा गरेको हो।

ओलीलाई केही दिनमै प्रधानमन्त्रीबाट हटाउँदैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् ।प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ।  चौथो पटकको कोसिस के हुन्छ भन्‍ने बारेमा केही दिनमै थाहा हुन्छ ।प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानम

केही दिनमै केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउछौँ : प्रचण्ड (भिडियोसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् । ...

अब दुई दिनमै शेयर कारोबार राफसाफ हुने

नेपाल धितोपत्र बोर्डले दुई दिनमै शेयर कारोबारको राफसाफ चक्र पूरा हुने गरी सिडिएस एन्ड क्लियरिङको विनियम स्वीकृत गरेको छ