अब दुई दिनमै शेयर कारोबार राफसाफ हुने

नेपाल धितोपत्र बोर्डले दुई दिनमै शेयर कारोबारको राफसाफ चक्र पूरा हुने गरी सिडिएस एन्ड क्लियरिङको विनियम स्वीकृत गरेको छ

सम्बन्धित सामग्री

कारोबारमा आएको पहिलो दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । कारोबारमा आएको दिनमै सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको केही बेरमै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य  १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भइरहेको छ । यसको पहिलो कारोबार ५५६ रुपैयाँमा खुला भएको थियो । १० प्रतिशत मूल्य बढ्दा फनि बिक्रेता देखिएका छैनन् । त्रेतामात्र देखिएका छन् । यो समचार तयार पर्दा सम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा २४ लाख २३ हजार ४८२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य छ ।  बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको यस कम्पनीको शेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको हो ।  नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाटै यसको शेयर कारोबार सुरु भएको थियो । कम्पनीको कायम ४ करोड ६५ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकरण भएको थियो । नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा कारोबार सुरु भएको छ ।

५० रुपैयाँमा आईपीओ विक्री गरेको हाथवेको शेयर मूल्य हजारमाथि

काठमाडौं । प्राथमिक बजारमा प्रतिशेयर ५० रुपैयाँ अंकित मूल्यमा नै आईपीओ जारी गरेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य दोस्रो बजारमा १ हजार रुपैयाँभन्दा माथि पुगेको छ । कम्पनीले गत भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी असोज २ गते बाँडफाँट गरेको थियो । कम्पनीले धितोपत्र दोस्रो बजारमा असोज २३ गते २ करोड ३४ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । कुल कित्ता शेयरमध्ये सर्वसाधारणतर्फ २९ लाख २५ हजार कित्ता र संस्थापकतर्फ २ करोड ४ लाख ७५ हजार छ । पछिल्लो कारोबार दिन पुस २३ गते कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ३४ रुपैयाँ ९० पैसा कायम भएको छ । यो दिन कम्पनीको शेयर मूल्य ८ दशमलव ३७ प्रतिशत बढेको हो । असोज २४ गतेदेखि कम्पनीको दोस्रो बजारमा कारोबार शुरु भएको थियो । पहिलो कारोबार दिनमा प्रतिकित्ता २८५ रुपैयाँमा कारोबार खुला भएकोमा पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशत मूल्य बढेर ३१३ रुपैयाँ ७० पैसा कायम भएको थियो । हालसम्म दोस्रो बजारमा कम्पनीको ४९ दिन शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य निरन्तर बढ्दो क्रममै छ । पहिलो वर्ष नै शेयरधनीहरूलाई लाभांश दिन सफल भएकाले पनि कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढी भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावित लाभांश कम्पनीले पुस २६ गते १५औं वार्षिक साधारण सभा आयोजना गरी पारित गर्दैछ । यो बीचमा कम्पनीको शेयर मूल्य बोनस शेयर प्रयोजनका लागि समायोजन समेत भएको छ । पुस ११ गते कम्पनीको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि उक्त दिन कायम अन्तिम शेयर मूल्य ७९६ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरी नेप्सेले बोनसपछिको मूल्य ७२४ रुपैयाँ ९ पैसा तोकेको थियो । समायोजपछि पनि कम्पनीको शेयर मूल्य बढेको हो ।  २०६५ चैत १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त कम्पनी सोही मितिदेखि सञ्चालनमा छ । कम्पनीमा नेपालका ख्यातिप्राप्त युवा व्यवसायी, उद्यमी, चार्टर्ड एकाउन्टेन्ट लगायतको लगानी छ । कम्पनीले नेपालको पूँजीबजार र लगानीका अन्य क्षेत्रहरूमा लगानी गरेको छ । कम्पनीले पूँजीबजारको अतिरिक्त जलविद्युत, घरजग्गा, पर्यटन र स्वःपूँजीको क्षेत्रमा लगानी विस्तार गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

बाँडफाँट भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्सको आईपीओ डिम्याट खातामा

काठमाडौं । बाँटफाँट भएको ६ दिनमै हिमालयन रिइन्स्योरेन्स आईपीओ लगानीकर्ताको डिम्याट खातामा आएको छ । हिजो मंगलवार कम्पनीको शेयर डिम्याट खातामा आएको हो । कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँट भएको थियो ।  शेयर डिम्याट खातामा आएसँगै यी शेयर नेप्सेमा सूचीकृत भएपछि त्यसको भोलिपल्टबाट शेयर कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओले रू. १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको स्टक सिम्बोल एचआरएल रहेको छ ।  कम्पनीले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त गरेको छ।  यससँगै  नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, शेयरधनी लगत अद्यावधिक गर्ने लगायतका शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्नेछ।

दुई दिनमै सोनापुर मिनरल्सको शेयरमूल्य प्रतिकित्ता साढे ६६ रूपैयाँ घट्यो

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका आईपीओधनीहरूले दुई कारोबार दिनमा प्रतिकित्ता ६६ रूपैयाँ ५० पैसा गुमाएका छन् । कात्तिक २ गते कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता आईपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको थियो । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको आईपीओ पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १४२ रूपैयाँ १ पैसादेखि ४२६ रूपैयाँ ३ पैसासम्मको मूल्य रेञ्ज तोकेको थियो । कात्तिक १२ गते स्पेशल प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर कारोबारमा प्रतिकित्ता ३५० रूपैयाँमा भएको थियो । स्पेशल प्रि–ओपनिङ सेसनपछि नियमित सेसनमा प्रतिकित्ता ३५० रूपैयाँमा कम्पनीको शेयर कारोबार खुला भएको थियो । पहिलो कारोबार दिनदेखिनै कम्पनीको शेयरमा विक्री चाप बढ्दा निरन्तर दुई कारोबार दिन शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । पहिलो र दोस्रो दिननै कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेको हो । पहिलो कारोबार दिन खुलामूल्यको तुलनामा प्रतिकित्ता ३५ रूपैयाँले शेयरमूल्य घटेर अन्तिम मूल्य ३१५ रूपैयाँ कायम भएको थियो । पहिलो कारोबार दिन कम्पनीको २० लाख ४८ हजार रूपैयाँभन्दा बढीको ४४६ कित्ता शेयर कारोबार भएको थियो ।  दोस्रो कारोबार दिन पनि यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१ रूपैयाँ ५० पैसाले घटेको छ । दोस्रो दिनको कारोबारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २८३ रूपैयाँ ५० पैसा कायम भएको हो । दोस्रो दिन कम्पनीको ३२ लाख ७९ हजार रूपैयाँभन्दा बढीको २११ कित्ता शेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १२५ रूपैयाँ थप गरी प्रतिकित्ता २२५ रूपैयाँ र सर्वसाधारणमा प्रतिकित्ता १०० रूपैयाँमा प्रिमियम वापत् १३७ रूपैयाँ ५८ पैसा थप गरी प्रतिकित्ता २३७ रूपैयाँ ५८ पैसामा आईपीओ विक्री गरेको हो । सर्वसाधारण लगानीकर्ताले लगानी गरेको मूल्यभन्दा कम्पनीको शेयरको बजारमूल्य प्रतिकित्ता ४५ रूपैयाा ९२ पैसा बढी रहेको छ । क्लिंकर तथा सिमेन्ट उत्पादन गर्ने उदेश्य सहित ठुला उद्योगको रुपमा यस कम्पनीले २०६५ साल माघ ६ गते उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गरेको थियो । २०६५ साल जेठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७७ साल साउन ७ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई कारोबार गर्दै आएको छ । दाङ जिल्ला, तुलसीपर उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित ८६ विघा जमिनमा फैलिएको कम्पनीले २०६९ साल जेठ १८ गतेदेखि क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको छ । यस उद्योगको कुल लागत ८ अर्ब ७१ करोड रूपैयाँ रहेको छ । यसको उत्पादन दायरा ग्राहकको विकासशिल आवश्यकता अनुसार ओपिसी र पिपिसी समावेश गरिएको छ ।

एकीकृत शेयर कारोबारमा ढिलासुस्ती

काठमाडौं । मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको लामो समय भइसक्दा पनि शेयर कारोबार सुचारु नहुने समस्या देखिएको छ । मर्जर तथा प्राप्तिका कारण लामो समय शेयर कारोबार रोकिने समस्या अन्त्य गर्नकै लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत कात्तिक २४ गतेदेखि मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो । उक्त निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिन मात्र दोस्रो बजारमा शेयर किनबेच रोक्का गर्ने व्यवस्था छ । पुसमै एकीकृत कारोबार शुरू गरिसकेका पाँच कम्पनीको शेयर कारोबार अझै खुलेको छैन । सेञ्चुरी कमर्सियल, नेपाल इन्भेष्टमेण्ट मेगा, बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार भएको लामो समयसम्म पनि दोस्रो बजारमा शेयर कारोबार रोक्का छ । सेञ्चुरी कमर्सियल बैंकलाई प्रभु बैंकले १ बराबर १ शेयर अनुपातमा प्राप्त गरी प्रभु बैंक लिमिटेडको नामबाट गत पुस २६ गतेदेखि एकीकृत कारोबार शुरू गरेको हो । त्यस्तै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल पनि १०० बराबर ९० शेयरको अनुपातमा मर्जरमा गई पुस २७ गतेदेखि एकीकृत कारोबार शुरू भएको थियो । यी दुई बैंक एक भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट कारोबार भइरहेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेड पनि एक बराबर एक शेयर अनुपातमा गाभिएका हुन् । यी दुई बैंकको मर्जर प्रक्रिया पूरा भएपछि पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ । यी पाँचओटै कम्पनीको शेयर कारोबार एकीकृत कारोबार भएको दिनदेखि नै रोक्का छ । लगानीकर्ताको सम्पत्ति लामो समय बन्धक हुन नदिन सेबोनले लागू गरेको निर्देशिकाविपरीत कारोबार रोक्का रहेकोमा बोर्डका अध्यक्ष रमेशकुमार हमालले दु:ख व्यक्त गरेका छन् । ‘निर्देशिकामा एकीकृत कारोबारपछि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘उक्त व्यवस्थाविपरीत कारोबार रोक्का भए के हुने भन्ने व्यवस्था नभएकाले समस्या देखियो ।’ यस्ता समस्या देखिन थाले आगामी दिनमा निर्देशिका परिमार्जन गरी निर्देशिकाविपरीत जाने कम्पनीलाई कारबाहीको व्यवस्था थप गरिने हमालको भनाइ छ । हाल निर्देशिकाविपरीत कारोबार रोक्का रहेका कम्पनीहरूको विषयमा नेप्सेसँग जानकारी लिई स्पष्टीकरण सोधिने सेबोन अध्यक्ष हमालले जानकारी दिए । सम्बद्ध कम्पनीका शेयर रजिस्ट्रारहरू भने कम्पनीहरूको बोनस शेयर सूचीकरण प्रक्रियाले शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताउँछन् । प्रभु बैंकको शेयर रजिस्ट्रार प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले सेञ्चुरी र प्रभु बैंकको बोनस शेयर समायोजनका कारण शेयर कारोबार खुला गर्न ढिलाइ भएको बताए । दुवै बैंकले पुस १४ गते सम्पन्न वार्षिक साधारणसभाबाट बोनस शेयरको प्रस्ताव पारित गरेका थिए । बोनस शेयर सूचीकरण गराउनुपर्ने कारण निर्देशिकाबमोजिम काम गर्न असमर्थ भएको प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत थकालीले स्पष्ट पारे । नेपाल इन्भेष्टमेण्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले भने यस वर्षको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गरिसकेका छन् । नेपाल इन्भेष्टमेण्ट बैंकको रजिस्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले स्वाप रेसियोअनुसारको शेयर कायम गरी सूचीकरण प्रक्रियाका लागि एक साताअघि नै बोर्डमा पेश गरे पनि हालसम्म स्वीकृति प्राप्त नभएको जानकारी दिए । बोर्डको स्वीकृतिपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंंकको नामबाट शेयर कारोबार खुला हुने उनले जानकारी दिए । बोर्डले मर्जर तथा प्राप्ति निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । निर्देशिका लागूपूर्व रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर फुकुवा गर्न सकिने व्यवस्था निर्देशिकामा छ । सोही व्यवस्थाबमोजिम कारोबार फुकुवा गरी एकीकृत कारोबारपछि पुन: कारोबार रोक्का भएको हो । बोर्डले लागू गरेको मर्जर तथा प्राप्ति निर्देशिकामा मर्जर तथा प्राप्ति प्रक्रिया सम्झौता गरेको ६ महीनाभित्र सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।

नेष्डो समृद्ध लघुवित्तमा १ हजार लगानी गर्नेले ९ दिनमै  कमाए  रू. १६ हजार

चैत २७, काठमाडौं । नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको  आईपीओमा १ हजार रुपैयाँ लगानी गरेका लगानीकर्ताले नौ दिनमै रू. १६ हजार प्रतिफल पाएका छन् । कम्पनीको  शेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको नौ दिन भयो । दोस्रो बजारमा कारोबारमा आएको भोलिपल्टैबाट कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि हुँदै आएको छ । सोही कारण उक्त कम्पनीका लगानीकर्ताले नौ दिनमै रू. १६ हजार प्रतिफल प्राप्त गरेका हुन् ।  उक्त अवधिसम्ममा दोस्रो बजारमा कम्पनीको १ हजार ४१८ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयर गत चैत १३ गते नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको थियो भने दोस्रो बजारमा चैत १४  गतेदेखि कारोबारमा आएको हो । कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो । सोही कारण पनि कम्पनीको शेयरमा खरीदकर्ता आकर्षित भएका हुन् । त्यसोत कतिपय लघुवित्त कम्पनीको शेयरमूल्य विगतमा  प्रतिकित्ता ५ हजार रुपैयाँभन्दा बढी पुगेकाले पनि लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीमा पर्दै आएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थलगायत वित्तीय अवस्था सबल भएकाले पनि लगानीकर्ताको आकर्षण उक्त कम्पनीको शेयरमा परेको देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.२६० दशमलव ८४ देखि ७८२  दशलमव ५२ तोकेको थियो । नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही मूल्य रेञ्ज आधारमा कम्पनीको शेयर कारोबार शुरु भएको हो ।  कम्पनीले नौ दिनको शेयरमूल्य र कारोबार कित्ता : स्रोत : नेपाल स्टक एक्सचेञ्ज(नेप्से)

पूँजीबजारमा उत्साह : स्थानीय निर्वाचनले तरलता सहज बनाउने विश्वास

काठमाडौं । सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने सहमति गरेसँगै पूँजीबजारमा आइतवार उत्साह देखिएको छ । गत साता १५१ दशमलव ३६ अंकले घटेको बजार यो साता पहिलो कारोबार दिनमै १०५ दशमलव ५५ अंकले बढ्यो । यस दिन नेप्से परिसूचक २ हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएको छ । आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सत्तारूढ दल सहमत भएको सूचना आएसँगै लगानीकर्ताहरू उत्साहित भएका हुन् । शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले आगामी स्थानीय निर्वाचनले दिगो सरकारको गठन हुनेमा लगानीकर्ता विश्वस्त रहेको बताए । यसअघिका वर्षहरूमा पनि निर्वाचनको समयमा बजारले राम्रै गति लिएकाले यस वर्ष पनि सोही गतिलाई पच्छ्याउने विश्वास फुल्लेलको छ । बजार निरन्तर घट्दा सस्तोमा शेयर उठाउन सक्रिय हुने लगानीकर्ताको स्वभावले पनि आइतवारको बजार सकारात्मक बनेको फुल्लेलको बुझाइ छ । आगामी चुनावले बैंक तथा वित्तीय संस्थाहरूमा तरलता भित्रिने विश्वास लगानीकर्तामा देखिएको फुल्लेलले बताए । आइतवार अघिल्लो कारोबार दिन बिहीवारको तुलनामा कारोबार रकम पनि बढेको छ । गत बिहीवार रू. ३ अर्ब ३४ करोड ३४ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । आइतवार भने रू. ६ अर्ब ३२ करोड ४२ लाख बराबरको शेयर खरीद विक्री भएको छ । कुल कारोबार रकममा अपि पावरको सर्वाधिक अंश रहेको छ । अपि पावरको यस दिन रू. २६ करोड १५ लाख १६ हजार बराबरको शेयर खरीद विक्री भयो । बजार उच्च अंकले बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य पनि एकै दिन रू. १ खर्ब ४९ अर्ब १६ करोडले बढेको छ । गत बिहीवार रू. ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण आइतवार रू. ४० खर्ब ७७ अर्ब ७९ करोड ४६ लाख पुगेको छ । आइतवार सबै समूहगत परिसूचकहरू बढेका छन् । यस दिन विकास बैंक र लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाएका हुन् । विकास बैंकको समूहगत परिसूचक यो दिन सर्वाधिक ६ दशमलव ५६ प्रतिशत र लगानी समूहको परिसूचक सर्वाधिक दोस्रोमा ६ दशमलव ३५ प्रतिशत बढेको छ ।

यो साता विकास बैंक र वित्त कम्पनीहरुको शेयरमूल्य छोटो समयमा नै वृद्धि

जेठ २१, काठमाडौं । यो साता विकास बैंक र वित्त कम्पनीका शेयरधनीले आकर्षक प्रतिफल प्राप्त गरेका छन् । बजार बढेसँगै ती दुवै समूहका कम्पनीहरुको शेयरमूल्य छोटो समयमा नै वृद्धि भएको छ । गत पाँच दिनमा विकास बैंकहरुका शेयरधनीले राम्रो प्रतिफल प्राप्त गरेका छन् । हाल नेप्सेमा १६ ओटा विकास बैंकहरुको शेयर कारोबार हुन्छ । पाँच दिन सबैभन्दा बढी लुम्बिनी विकास बैंकका शेयरधनीले नाफा कमाएका छन् । बैैंकको शेयरमूल्य पाँच दिनमै १२७ रुपैयाँले वृद्धि भएको छ ।  गत आइतवार वैशाख १६ गते बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ३७६ रहेकोमा जेठ २० गते बिहीवार प्रतिकित्ता रू. ४९६ पुगेको हो । कारोबारमा आएका १६ ओटा कम्पनीमध्ये नारायणी डेभलपमेण्ट बैंकको शेयर बाहेक सबै बैंकको शेयर मूल्यमा वृद्धि भएको छ ।  नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य भने आइतवारको तुलनामा बिहीवार १८ रुपैयाँले कमी आएको हो । नेप्सेमा कारोबार हुने १६ ओटा विकास बैंकमध्ये पछिल्लो समय धेरै शेयरमूल्य भएको बैंक नारायाणी डेभलपमेण्ट रहेको छ । बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ७१५ रहेको छ । पछिल्लो समय बजार बढेसँगै लगानीकर्ताले सेक्टर वाइज लगानी गरेको पाइन्छ ।  केहि समय अगाडि हाइड्रोपावरहरुको शेयरमूल्य बढेको थियो । लगानीकर्ताले हाइड्रोबाट नाफा बुक गरेर विकास बैंक र फाइनान्स कम्पनीहरुमा लगानी गरेको देखिन्छ । सोही कारण बिहीवार विकास बैंक समूहको इन्डेक्स ४ हजार ५० दशमलव ३२ र वित्त समूहको इन्डेक्स १ हजार ८४२ दशमलव ५१ पुगेको छ । बिहीवार नेप्सेले एतिहासिक रेकर्ड कायम गरेको छ ।  नेप्से परिसूचक २ हजार ८५६ दशमलव ७६ विन्दुमा पुगेको हो । पछिल्लो समय लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरुमा परेको देखिन्छ । यसको उदाहरण हो एक वर्ष अगाडि ग्रीन डेभलपमेण्ट बैंक र कर्णाली विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू. १०० देखि १२५ सम्म थियो । ती कम्पनीको शेयरमूल्य अहिले रू. ३०० भन्दा माथि पुगिसकेको छ  ।  ५ दिनमा विकास बैंकहरुको शेयरमूल्यमा भएको वृद्धिदर :                                                                           स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  फाइनान्स कम्पनीको ५ दिनको शेयरमूल्यमा भएको वृद्धिदर :  कारोबारमा आएका १५ ओटा वित्त कम्पनीमध्ये सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्यमा वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य आइतवार (जेठ १६ गते) प्रतिकित्ता रू. ७५५ रहेकोमा बिहीवार प्रतिकित्ता रू. १ हजार २० पुगेको हो ।  हाल नेप्सेमा कारोबारमा आएका १५ कम्पनीमध्ये सबैभन्दा बढी शेयरमूल्य पनि यहि गोर्खाज फाइनान्स भएको छ । बिहीवार मञ्जुश्री फाइनान्सको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२५ पुगेको हो । नेप्सेमा सूचीकृत २६ ओटा वित्त कम्पनीमध्ये हाल १५ ओटा वित्त समूहको शेयर कारोबार हुँदै आएको छ ।                                                                              स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

शेयरको राफसाफ अब दुई दिनमै, किनेको भोलिपल्टसम्म भुक्तानी गर्नुपर्ने

काठमाण्डौ – शेयर कारोबार राफसाफ तथा फर्स्याेट अब दुई दिनमै हुने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले यही माघ ११ गतेदेखि लागू हुने गरी राफसाफको समय चक्र तीन कार्य दिन अर्थात् टी–३ (T-3) लाई घटाएर दुई कार्य दिन अर्थात् टी–२ (T-2) मा झार्ने निर्णय गरेसँगै शेयरको राफसाफ दुई दिनभित्...