एमाले विभाजन रोक्न ओली लचिलो, सहमतिको सूत्र तयार हुँदै

काठमाडौं, २४ वैशाख । नेकपा एमालेको विभाजन रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली लचिलो देखिएका छन् । उनले सहमतिका लागि आफूपक्षीय केही नेताहरुलाई सक्रिय बनाएका छन् । माधव नेपाल समूहका प्रभावशाली नेताहरुलाई बालुवाटार डाकेर ओलीले सहमतिको बटमलाइन तय गर्न छलफल समेत गरेका छन् । सहमति बनाउन सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र […]

सम्बन्धित सामग्री

एमालेको महासचिव बन्न ३ जनाको दौड, को कति बलियो ?

नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । अध्यक्षमा केपी शर्मा ओली दोहोरिने पक्का जस्तै भएपनि अध्यक्ष पछिको दोस्रो कार्यकारी पद महासचिव को बन्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशन आउन अब १० दिन मात्रै बाँकी छ । पार्टी विभाजन भएको हुँदैनथ्यो भने यतिबेला कयौँ नेताले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका हुन्थे । तर, विभाजनको पीडाकै बीचमा महाधिवेशन गर्न लागेको एमालेले अध्यक्षमा ओलीलाई दोहोर्याउने निश्चित छ भने बाँकी १४ पदाधिकारीमा को को अटाउँछन् भन्ने चासोको विषय बनेको छ ।२ कार्यकाल महासचिव भइसकेका ईश्वर पोखरेल पार्टीको विधानका कारण महासचिवबाट अनिवार्य रुपमा बाहिरिँदैछन् । त्यसैले ओलीले अब महासचिवमा कसलाई ल्याउलान् भन्ने धेरैको चासो छ । लामो समयसम्म महासचिव नै पार्टी प्रमुख हुने अभ्यास गरेको हुनाले एमालेमा महासचिव पदको आफ्नै महत्व पनि छ । शंकर पोखरलेको सम्भावना कति ?महासचिव बन्ने दौडमा रहेका अनुहारमा शंकर पोखरेलको अनुहार पनि एक हो । असोज १५ गते एमालेको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन पढ्दा पढ्दै नसकेपछि बाँकी पढ्ने जिम्मा पोखरेललाई दिएका थिए । त्यतिबेला नै ओलीले आफ्नो उत्तराधिकारीमा पोखरेललाई ल्याउन लागेको भन्दै लख काटिएको थियो ।२०७४ सालको आम निर्वाचनमा शंकर पोखरेल प्रदेश सभामा उम्मेद्वार बने । चाहना विपरित उनी प्रदेशमै खुम्चिन पुगे । यद्यपी, उनलाई मुख्यमन्त्री बनाउने बाचासहित प्रदेशमा लगिएको थियो । माओवादी केन्द्रसँगको गठबन्धन पनि भएकाले सहजै निर्वाचन जितेका उनी मुख्यमन्त्री पनि बने । पार्टीको नवौँ महाधिवेशनमा उपमहासचिवमा पराजित भएपनि पोखरेल पार्टी राजनीतिमा भने केन्द्रमै रहँदै आएका थिए । त्यतिबेला २ जनाको लागि भएको निर्वाचनमा घनश्याम भुसाल र विष्णु पौडेल विजयी हुँदा पोखरेल तेस्रो हुँदै पराजित बन्न पुगेको थियो ।एकातिर पार्टीको महाधिवेशनमा पराजित र अर्कोतिर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेपछि शंकर पोखरेल केन्द्रीय राजनीतिबाट ओझेलमा परे भन्ने कोणबाट आँकलन पनि भयो । तर, उनी प्रदेशमा खुम्चिएनन् ।नेकपा कालमा प्रचण्ड र ओलीको विवाद मिलाउन होस् वा एमाले ब्यूतिएपछि ओली–नेपाल मिलाउने प्रयासमा होस्, उनको दौडधूप बढी नै रह्यो । उनले आफ्नो सक्रियता सधैँ पार्टीको केन्द्रमा नै देखाए ।यति मात्रै नभई शंकर पोखरेलले बोलेका केही कुराहरुले उनको दूरदर्शितालाई पनि पुष्टि गरेको छ । जस्तो की, उनले अनेरास्ववियुको अध्यक्ष हुँदा नै जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको कार्यक्रममा मात्रै सिमित नराखेर सिद्धान्त बनाउनुपर्छ भनेका थिए । छैठौँ महाधिवेशनले जबजलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रुपमा पारित गर्यो । सातौं महाधिवेशनमा उनले पार्टी संविधानसभामा जानुपर्ने विचार राखे । अन्ततः एमालेले संविधानसभा स्वीकार गर्यो । शंकर पोखरेलको दूरदर्शितालाई प्रमाणित गरेका अरु पनि उदाहरण छन् ।पोखरेल एमालेको स्कुल विभागको उपप्रमुखसमेत बने । उनको प्रशिक्षण सधैँ जबज केन्द्रित हुने भएकाले पनि पार्टीका कार्यकर्ताले उनको प्रशिक्षण रुचाउने गरेको विश्लेषकहरु बताउँछन् । जबज प्रति प्रतिवद्ध नेता भएकाले एमालेको आन्तरिक राजनीतिमा निर्णायक हस्तक्षेप गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शंकरलाई नै सहयोग गर्ने निश्चित छ । यस्तो अवस्थामा पोखरेल एमालेको महासचिव बन्न सक्ने सम्भावना प्रवल छ ।‘पास’ भईसकेका विष्णु पौडेलले फेरी परीक्षा देलान् ?विष्णु पौडेल नेकपा कालमा महासचिव चलाईसकेका नेता हुन् । एमाले र माओवादीबीच एकता भएपछि २ अध्यक्ष रहने त सहमति भयो नै । तर, पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा नयाँ अनुहार खोजी गर्नुपर्ने अडान राखे । एमालेका महासचिव इश्वर पोखरेललाई नै महासचिवको जिम्मेवारी दिन प्रचण्ड तयार भएनन् । इश्वर पोखरेल एमालेको निर्वाचित महासचिव थिए । तर, प्रचण्डले नरुचाएका पोखरेलको ठाउँमा एमालेको नवौँ महाधिवेशनमा उपमहासचिव जितेका पौडेलले महासचिवमा बाजी मारे ।विष्णु पौडेल आठौं महाधिवेशनअघि माधव नेपाल पक्षमा थिए । आठौं महाधिवेशनपछि ओली खेमामा लागेका उनी नवौँमा आईपुग्दा ओलीकै टिमबाट उपमहासचिव बने ।नेकपा एक हुँदा महासचिवको हैसियतमा उनी सचिवालय सदस्य भए । उनले नेकपा कालमा महासचिवको भूमीकालाई कुशलतापूर्वक निर्वाह गरे । आन्तरिक विवादका समयमा ओली र प्रचण्डसँग बराबरी जस्तै छलफल गर्ने उनलाई माओवादीले पनि मन पराए । नेकपा हुँदाको एउटा कार्यक्रममा प्रचण्डले पौडेल र आफू ‘हलगोरु’ नै भएको बताए । यसले पनि पौडेललाई पार्टी महासचिवको रुपमा स्थापित गरिदियो । महासचिव भनेको पार्टीको काममा अत्यन्त खट्नुपर्ने पद हो । नेकपा हुँदा खटेर पौडेलले आफू प्राप्त पदीय जिम्मेवारी पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेका छन् ।नेपालकै ठूलो, २ तिहाई जनमतसहित सत्ता सञ्चालनमा रहेको कम्युनिष्ट पार्टीको महासचिव बनेर उत्तीर्ण भएका विष्णु पौडेल एमाले महासचिवको प्रवल दाबेदार हुन् । तेस्रो प्रयासमा सुरेन्द्र पाण्डेमाधब कुमार नेपाल निकटका सुरेन्द्र पाण्डे पार्टी विभाजनको विपक्षमा उभिँदै आए । विभाजन नै भएपछि उनी नेता नेपालसँग नगई एमालेमै बसे । पाण्डे एमालेको महासचिवका लागि तेस्रो पटक प्रयास गर्दैछन् । नवौँ महाधिवेशनमा बहालवाला महासचिव ईश्वर पोखरेलसँग जम्मा ६ मतले पराजित भएका पाण्डे नेकपा कालमा प्राचण्ड–नेपाल समूहको महासचिव झण्डैले घोषणा भएका थिए । पछि एमाले २ समूहमा बाँडिएको समयमा नेपाल–खनाल पक्षबाट उनले महासचिवकै हैसियतमा भूमीका निर्वाह गरे । महासचिवकै हैसियतमा उनले केही कार्यक्रम पनि चलाए ।यसरी झण्डै २ पटक महासचिव बनेका पाण्डे अहिले ओलीलाई रिझाएर महासचिव बन्ने लाइनमा छन् । उनले अध्यक्षमा ओली सर्वसम्मत हुनुपर्ने धारणा राख्दै आएका छन् । ओलीलाई चिढ्याएर नभई साथमै लागे मात्रै भूमीका पाईन्छ भन्ने उनले राम्रोसँग बुझेको देखिन्छ ।हुन त, एमाले विभाजनको संघारमै पुगेको समयमा पनि उनले फुटलाई रोक्न अन्तिमसम्म प्रयास गरेकै हुन् । नेपाल–खनाल पक्षका कार्यक्रममा उनी अन्तिम समयमा निष्क्रिय जस्तै बने । यति मात्रै नभई, काँग्रेससँग मिलेर माओवादी र एमालेको तत्कालिन माधब नेपाल पक्षले शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनी भेलामा सहभागी भएनन् । बैशाख २७ गते ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रममा उनी पक्षमा मत दिनुपर्छ भन्ने लाइनमा थिए । तर, माधब नेपाल नमानेपछि उनी अनुपस्थित भए । यसरी आन्तरिक संघर्ष भएपनि पार्टी विभाजन रोक्नुपर्छ भन्ने लाइनमा पहिल्यैदेखि सक्रिय भएकाले उनलाई महासचिव बनाउँदा न्याय नै हुने एमाले वृत्तमा चर्चा छ । उनले पनि महासचिव भन्दा तल आफ्नो ‘पोजिशन’ नहुने बताईसकेका छन् । पाण्डेकै गृह जिल्लामा १० औँ महाधिवेशन गर्न लागेको एमालेले मूल व्यवस्थापन समितिको सहसंयोजकको जिम्मेवारी पनि उनैलाई दिएको छ । यसले पनि पाण्डे ओलीको छत्रछायाँमार्फत महासचिव बन्न सक्ने अनुमान हुन थालेको छ ।यदि, पाण्डे महासचिव बनाईए भने विभाजन अस्वीकार गर्ने नेताहरुलाई एमालेभित्र विभेद छैन भन्ने दाबी ओलीले गर्न पाउनेछन् ।

माधव नेपालले एमाले नेताहरुलाई अपहरण गर्नुभाे : ओली

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नहोस् भन्नका लागि १४ जना सांसदलाई कारबाही गरिएको बताएका छन्। तर सभामुख अग्नि सापकोटाको अलोकतान्त्रिक गतिविधिका कारण विभाजन रोक्न नसकिएको उनले बताए। १४ जना सांसदलाई कारबाही भएको सूचना संसद सचिवालयले टाँस गरेको भए एमाले विभाजनका लागि चाहिने प्रतिशत नपुग्ने ओलीको दाबी छ। बुधबार आयोजित पत्रकार […]

एमालेका मध्यमार्गी तितर वितर हुँदै, को कता

काठमाडौं, २८ साउन । नेकपा एमाले विभाजन निश्चितप्रायः भएपछि मध्यमार्गी नेताहरु तितरवितर हुन थालेका छन् । फुट रोक्न नसकिने निष्कर्षमा पुगेपछि उनीहरु अब केपी शर्मा ओली नेतृत्वको एमालेमै रहने या माधवकुमार नेपालले निर्माण गर्न लागेको नयाँ दलमा जानेबारे जोखाना गर्न थालेका छन् । एकता पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, गोकर्ण बिष्ट, […]

एमाले सांसदहरुले पार्टीको आन्तरिक एकता सुदृढीकरण अभियान चलाउने

काठमाडौं। नेकपा एमालेका सांसदहरुले पार्टी एकताका लागि अभियान चलाउने भएका छन्। आज अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कतिपय सांसदहरुले छलफल गरेर एकता दबाव अभियान अघि बढाउने बताएका हुन्। पार्टी विभाजन रोक्न आफूहरुको अभियान हुने उनीहरुले बताएका छन्। “संविधान जोगाउन लागियो। संसद जोगाइयो,अब पार्टी एकता जोगाउने कामलाई प्राथमिकताका साथ लाग्ने सोच हो”, छलफलमा भनिएको छ।

एमाले फुट्नबाट रोक्न यी नेता फेरि सक्रिय

काठमाडौं, १८ जेठ । नेकपा एमालेको औपचारिक विभाजन मात्र बाँकी छ । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल फरक धारमा बढिसकेका छन् । उनीहरुको फरक गुट सक्रिय छ । ओली एकपछि अर्को गर्दै नेपाल पक्षका नेताहरुमाथि कारबाहीको डण्डा चलाइरहेका छन् । उनले माधव नेपाल र झलनाथ खनालसहित ११ एमाले नेतालाई पार्टीबाट निष्काशनको निर्णय […]

यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास !

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।स्रोतका अनुसार उन

पदाधिकारी यथावत् राखौं थपिएका २६५ मान्छौं भन्दा पनि ओली नमानेपछि…

काठमाडौं, २० वेशाख । नेकपा एमाले विभाजन रोक्न दोस्रो पुस्ताका प्रभावशाली नेताहरु जति सक्रिय भएपनि कुरा मिल्न सकेन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल दुवै पक्षका नेताहरु अहोरात्र दौडिएर सहमति निकाल्न खोजे । ओलीको पेलाईमा परेको नेपाल पक्षले सहमतिको बटमलाइन राख्यो । विश्वस्त स्रोतका अनुसार ओलीले २६५ जना […]

एमाले विभाजन रोक्न यी नेताको दौडधूप

काठमाडौं, १३ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई चरणको भेटवार्ता भयो । होटल मेरियटमा भएको वार्ताले पनि सहमति निस्किएन । त्यसपछि दुवै नेता आ आफ्नो ढंगले बढ्न खोजे । ओलीले माधव नेपालसहित उनी पक्षीय सांसदहरुलाई पदमुक्तको सिफारिश गर्ने तयारी गरिसकेका थिए । तर, उनी रोकिए । यसले एमालेभित्र […]

केपी ओली एमाले विभाजन गर्न उद्दत रहेको खनाल- नेपाल पक्षको ठहर

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको निश्कर्ष निकालेको छ । साथै सो समूहले ओलीको उक्त कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ । खनाल–नेपाल पक्षका नेताहरुको शुक्रबार बसेको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए । त्यस्तै बैठकले नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाहीलाई स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विध