‘नेपालको उडान सुरक्षा व्यवस्थापन कमजोर’

२६ जेठ, काठमाडौं । नेपालका वायुसेवा सुरक्षा व्यवस्थापनमा कमजोर रहेको एक सरकारी अध्ययनले देखाएको छ । १३ असोज २०७८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले सुरक्षासम्बन्धी नियम पालनामा पनि नेपाली वायु सेवा कम्पनी उदासिन रहेको उल्लेख गरेको छ । समितिका अनुसार हवाईजहाज भन्दा हेलिकप्टरहरु सुरक्षा नियम पालनामा कमजोर छन् । […]

सम्बन्धित सामग्री

सम्पादकीय: हवाई दुर्घटनाले व्यक्तिको जीवन र देशको प्रतिष्ठामा क्षति

मनाङ एयरको हेलिकोप्टर शनिबार दुर्घटनामा परेसँगै एकै वर्षमा मुलुकमा भएका हवाई दुर्घटनाको संख्या ६ पुगेको छ । यसबीचमा पाँच वटा हेलिकोप्टर र एउटा विमान दुर्घटना भए । नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक वर्ष जारी गर्ने ‘एभिएसन सेफ्टी रिपोर्ट’ ले नेपाली हेलिकोप्टर तथा ‘फिक्स्ड विङ’ (हवाईजहाज) हरूको उडान सुरक्षा व्यवस्थापन प्रणाली सन् २०२२ मा उल्लेख्य सुधार भएको देखाएको थियो ।

'आन्तरिक उडान सुरक्षा सुधारतर्फ'

आन्तरिकतर्फ वार्षिक ३ लाख हाराहारी उडान हुने नेपालमा वायुसेवाहरुको उडान सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस) कार्यान्वयनस्तरमा उल्लेख्य सुधार भएको देखिएको छ ।