कृषिमा गएको डेढ खर्ब रुपैयाँ सहुलियत कर्जाको नतीजा देखिएन

काठमाडौं । कृषिक्षेत्रमा जाने सहुलियत कर्जाको आकार दोब्बर भए पनि खाद्यवस्तुको बढ्दो आयात नियन्त्रणमा त्यसले योगदान गर्न नसकेको देखिएको छ । व्यापारी, व्यवसायीले कृषिका नाममा कर्जा लिएर नाफामूलक व्यवसायमा लगानी गर्दा उत्पादन नबढेको कृषि अभियन्ता बताउँछन् ।  नेपाल राष्ट्र बैंकका अनुसार १ वर्षको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाहित सहुलियत कर्जा दोब्बर भएको छ । २०७७ फागुनसम्ममा कृषिक्षेत्रमा ८८ अर्ब २९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण कर्जा गएको थियो । २०७८ फागुनमा उक्त कर्जा बढेर १ खर्ब ६० अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अनुदानबाहेकको समेत जोड्ने हो भने कृषिक्षेत्रमा गत फागुनसम्ममा गएको कर्जा ३ खर्ब ७६ अर्ब ४७ करोेड रुपैयाँ पुग्छ । कृषिक्षेत्रमा जाने सहुलियतपूर्ण कर्जाको आकार दोब्बर हुँदा कृषि उत्पादन बढ्नुपर्ने हो । फलस्वरूप खाद्यान्न आयात प्रतिस्थापन हुनुपर्ने थियो । तर, तथ्यांकले त्यस्तो देखाउँदैन । उल्टै कृषि वस्तुको आयात बढेको देखिन्छ ।  भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) को फागुनसम्ममा धान, चामल, गहुँ, कोदो, मकैलगायत खाद्यान्न करीब ४२ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो । चालू आवको चैतसम्ममा खाद्यान्न आयातको ग्राफ बढेर करीब ६० अर्ब रुपैयाँ पुगेको छ । विभागको तथ्यांकअनुसार चालू आवको चैतसम्ममा ५९ अर्ब २९ करोड ७० लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । सबैभन्दा बढी आयात हुने खाद्यवस्तुमा धान, चामल, मकै, गहुँ कोदोलगायत छन् । गत साउनदेखि चैतसम्ममा १९ अर्ब १९ करोड ८२ लाख रुपैयाँ बराबरको ३७ करोड २० लाख ८७ हजार किलो सेमी पोलिस्ड चामल नेपाल भित्रिएको छ । त्यसैगरी ४ अर्ब ४९ करोड ६३ लाख रुपैयाँको ६ करोड ३ लाख ५८ हजार किलो पोलिस नगरिएको चामल आयात भएको छ । विभागका अनुसार १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको ५० करोड ८८ लाख ७८ हजार किलो धान आयात भएको छ । त्यसैगरी २४ करोड ८३ लाख रुपैयाँ बराबरको १६ लाख ९९ हजार किलो धानको बीउ आयात गरिएको छ । विभागको तथ्यांकअनुसार चालू आवको चैतसम्ममा मकैको वर्णसंकर जातको बीउसहित खान प्रयोग हुने मकै १५ अर्ब ५० करोड रुपैयाँ बराबरको ४१ करोड ८० लाख ११ हजार किलो आयात भएको छ । २ करोड ७१ लाख रुपैयाँ बराबरको ८ लाख ५ हजार किलो कोदो आयात भएको छ । ५ अर्ब २८ करोड ९६ लाखको १६ करोड ६८ लाख ५ हजार किलो गहँु र गहुँको बीउ आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।  खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी कृषिको सहुलियत कर्जा वास्तविक किसानसम्म नपुग्दा यस्तो स्थिति आएको बताउँछन् । वास्तविक किसानले सहुलियत कर्जा नपाउने तर व्यापारीले लिएर कृषिको सट्टा घरजग्गालगायत अन्य नाफामूलक व्यवसायमा लगानी गर्दा खाद्यान्न आयातको मात्रा हरेक वर्ष बढ्दै गएको उनको तर्क छ ।  ‘राष्ट्र बैंक र भन्सार विभागको तथ्यांक सार्वजनिक भएर वास्तविकता बाहिर आएपछि सम्बद्ध निकायले अनुगमन गरेर कमजोरी सुधार गर्नेतर्फ जानुपर्ने हो, त्यसो नहुँदा समस्या जहाँको तहीँ छ,’ उनले भने । सरकारले कृषिका लागि छुट्ट्याउने बजेट पनि पछिल्ला वर्षहरूमा निरन्तर बढेको तथ्यांकले देखाउँछ । आव २०७६/७७ मा सरकारले कृषिका लागि विनियोजन गरेको कुल बजेट ३४ अर्ब ८० करोड थियो । आव २०७/७८ मा यसको आकार बढेर ४१ अर्ब ४० करोड हुँदै चालू आवसम्म आइपुग्दा ४५ अर्ब ९ करोड रुपैयाँ पुगिसकेको छ । आगामी आवको बजेटमा पनि कृषिक्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने सरकारको योजना छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार यति हुँदाहुँदै पनि कृषिजन्य वस्तु तथा प्रमुख खाद्यान्नको आयात प्रतिस्थापन हुनुको साटो दिनदिनै आयात बढ्दै गएको छ । युवा पुस्ता वैदेशिक रोजगारीमा आकर्षित हुँदा यसो भएको सञ्जेल बताउँछन् ।  बढ्दो रेमिट्यान्स, कृषियोग्य जमीन गैरकृषि प्रयोजनमा प्रयोग उच्च हुनु, जमीनको खण्डीकरण दिनप्रतिदिन बढ्दै जानु र शहरी जनसंख्याको अनुपात बढ्दै जानुजस्ता कारणले खाद्यान्न आयात बढेको उनको भनाइ छ । यसका लागि प्रमुख खाद्य बालीको उत्पादनमा जोड दिँदै आयात प्रतिस्थापनमा सहयोग पुग्ने गरी आगामी बजेटमा कार्यक्रम ल्याइने मन्त्रालयको भनाइ छ । लामो समयदेखि कृषि पेशामा सक्रिय नेपाल कृषि मेशिनरी संघका अध्यक्ष खोजराज कटुवालले कृषिक्षेत्रमा सरकारले बजेट र ब्याज अनुदानजस्ता कुरा बढाएर मात्रै मुलुकको कृषिक्षेत्र उँभो लाग्न नसक्ने बताए । उनका अनुसार अनुदानका कार्यक्रम मात्रै थप गर्दै जानुभन्दा सरकारले किसानका उत्पादनको उचित मूल्य तोक्ने र त्यसलाई समयमै किन्ने व्यवस्था पनि मिलाउनुपर्छ । त्यसो हुँदा कृषिक्षेत्रमा आकर्षण बढ्ने र उत्पादन पनि वृद्धि हुँदै जाने उनको बुझाइ छ ।

सम्बन्धित सामग्री

सहुलियत पसलले विपन्नलाई राहत

जुम्ला– दसैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरी सञ्चालित सहुलियत पसलले विपन्न नागरिकलाई राहत दिएको छ । बजारमा महँगी बढ्दै गएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्न थालेपछि विपन्न नागरिक खुसी भएका हुन् । देशभरसँगै जुम्लामा पनि असोज २१ बाट खाद्य व्यवस्था तथा व्यापार कम्पन्नीले सहुलियत पसल सञ्चालन गरेको छ । विगतमा […]

सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैँ सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ । कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चाम

आजदेखि सहुलियत पसल सुरू

काठमाडौं । दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आज शनिबारदेखि सञ्चालनमा आएका छन् । शनिबारदेखि खुलेका सहुलियत पसल आगामी कार्तिक १५ गतेसम्म चल्नेछन् । देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ […]

उत्पादनमूलक उद्योगलाई बिजुलीमा सहुलियत

सरकारले आगामी आर्थिक वर्षदेखि उत्पादनमूलक उद्योगलाई बिजुलीमा सहुलियत दिने घोषणा गरेको छ । सरकारले नीति तथा कार्यक्रममार्फत उत्पादनमूलक उद्योगलाई बिजुलीमा अनुदानको व्यवस्था गर्ने जानकारी दिएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगलाई औषतमा बाह्य व्यापारभन्दा बढी मूल्य नहुने गरेर सहुलियत दिने बताइन् । हाल नेपालमा बिजुलीको मूल्य धेरै भइरहेको गुनासो आइरहेको समयमा विद्युत प्राधिकरणले भारतलाई सस्तोदरमा बिजुली बेचिरहेको छ ।उद्योगीहरूले सोहीदरमा बिजुली पाउनुपर्ने माग गरेपछि सरकारले उद्योगीलाई भारतम

एनएमबिका ग्राहकलाई हाम्रो अस्पतालमा सहुलियत

समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत हुनेछ।

तिलाका १५० उद्यमीलाई सहुलियत कर्जा

जुम्लाको तिला गाउँपालिकाका १५० नव उद्यमीलाई सहुलियत कर्जा उपलब्ध गरिने भएको छ। आर्थिक विकास तथा विपन्न नागरिकको आयआर्जन वृद्धिका साथै जीविकोपार्जन सुधारका लागि १५० उद्यमीले सहुलियत कर्जा पाउने भएका हुन्। गाउँपालिकाले...

सहुलियत दिएर व्यापार गर्न आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वमा छुट तथा सहुलियत दिएर व्यापार गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । बिहीबार दिउँसो सुरक्षा निकायका प्रमुख, अनुगमनकारी निकायका प्रमुख, व्यवसायी, उपभोक्ताकर्मीलगायतसँग अन्तक्र्रिया गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा...

अर्थतन्त्रमा पुनर्कर्जा तथा सहुलियत कर्जाको सकारात्मक प्रभाव

सरकारले पहिल्यैदेखि पुनर्कर्जा तथा सहुलियत कर्जा दिँदै आए पनि कोभिडपश्चात् यसको दायरालाई निकै फराकिलो बनाएको छ । हालै सम्पन्न भएको नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुनर्कर्जा तथा सहुलियत कर्जालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने बताएका छन् । कोरोना कहरको दोस्रो लहर बढ्दै जाँदा सहुलियत कर्जाले निरन्तरता पाउनु पर्ने […]